
विराटनगर । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा चोरी पैठारी नियन्त्रणतर्फ मात्र केन्द्रित नभई सामाजिक कार्यमा समेत सहभागिता जनाउँदै आएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण कंकालिनी मोरङले जनतासँग संवाद, विपद् व्यवस्थापन र स्वास्थ्यतर्फ पनि आफूलाई प्रस्तुत गर्दै आएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण कंकालिनी मोरङले बुढीगंगा गाउँपालिका वडा नं. ३ स्थित नगर अस्पतालको परिसरमा एक दिने स्वास्थ्य शिविर शनिबार सम्पन्न गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा. कंकालिनी मोरङ र एपिएफ फिल्ड अस्पताल पकली सुनसरीको आयोजना र बुढीगंगा नगर असप्तालकाे सहकार्यमा स्थानीय वासिन्दाहरू लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
स्वास्थ्य शिविर, BMI परीक्षण तथा सचेतनामूलक कार्यक्रम गरेको र उक्त शिविरबाट ११३ जना लाभान्वित भएका छन् ।
साथै सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत १३ जना स्थानीय नागरिकलाई श्रावण ३१ देखि भदौ ६ सम्म गरिएको बेल्डिङ तालिम कार्यक्रममा सहभागीलाई प्रमाणपत्र दिँदै समापन गरिएको थियो ।






