विराटनगर । भाद्र १० गते आएको भिषण बाढी पहिरोबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भएको धनजनको क्षति भएको कुरालाई सबैले मनन गर्दै आउनुभएको छ ।

उद्धार, राहत र पुनर्स्थापनाका लागि मोरङबाट व्यापारिक घटना, उद्योग र विद्यालय लगायत अन्य सङ्घसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रकम जम्मा गर्नुभएको छ यसलाई सबैले सकारात्मक रुपमा लिएका छन् ।

केही उद्योगहरुले उद्योगमा काम गर्ने मजदुरसँग एक दिनको तलब कटाएर उद्योगको तर्फबाट मात्र राहत दिएको भनेर प्रचार पनि गरिएको कुराले राहत दिने मजदुरले दुखेसो समेत पोखेका हुन् ।

यहाँ उच्च माध्यमिक विद्यालयले पनि प्रधानमन्त्री राहत कोषमा बाढी पीडितको सहयोगको लागि राहत रकमसमेत उपलब्ध गराएर सार्वजनिक समेत गरिसकेका हुन् यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।

मोरङ जिल्लामा रहेका केही निजी विद्यालयहरुले पनि बाढी पीडितलाई सहयोग गरिसकेका छन् र सञ्चारमाध्यम एवम् आआफ्नो सामाजिक सञ्चालमार्फत सार्वजनिक गरिसक्नुभएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपालमा आबद्ध रहेका छन् । विद्यालयमध्ये केहीले प्रधानमन्त्री दैवी प्रकोप उद्दार राहत कोषमा रकम जम्मा गरेका छन् र सार्वजनिक गरिसकेका छन् र राहत कोषमा रकम दिने भनेर आआफ्नो तरिकाले घोषणा गरिसकेका छन् ।

हिसानले पुनः तिनै विद्यालयका नाम समावेश गरी राहत उपलब्ध गराएको भनेर सस्तो लोकप्रियता कमाउने गरी पत्रकार सम्मेलन गरेको थियो । उक्त रकम प्रधानमन्त्री देवी प्रकोप उद्दार कोषमा र सिधै हिसान केन्द्रमा जम्मा गरेको कुरा हिसान मोरङ जिल्ला अध्यक्ष अमित ढकालले बताउनुभयो ।

विद्यालयले आफैँले उपलब्ध गराएको राहत रकमलाई हिसान आफैँले उपलब्ध गराएको कुरालाई अधिकांशले असहज मानेका छन् र काम गर्ने कालु मकै खाने भालु जस्तै भएको तर्क दिएका छन् ।

राहत कोषमा रकम दिने विद्यालयले पहिला नै सार्वजनिक गरिरकेका छन् फेरि हिसानले प्रचार गरी आफूले दिएको जस्तै गरेर देखाउनुलाई सबैले आश्चर्य मानेका छन् ।

प्रचार पटक पटक किन, कतै हिसानले ब्याज खान खोजेको त होइन ? भनेर हिसान केन्द्रीय सचिव राजेश कार्कीसँग जिज्ञासा राख्दा हिसानसँग आबद्ध विद्यालयसँग राहतको रकम माग गरेको हो, कतिले पहिला पनि दिएका छन् भन्नुभयो ।

हिसानले ब्याज खान खोजेको कुरालाई स्वीकार गर्दै हामीले ब्याज खान खोजेका हौँ भन्नुभयो ।

पत्रकार सम्मेलमा वितरण गरिएको रकमको विवरणः-

तपाईको प्रतिक्रिया