विराटनगर । स्वास्थ्यमाथि खेलवाड गर्ने कुरा तीव्र गतिमा बढिरहेको छ ।

स्वास्थ्य संस्थाको नाममा सुरुमा स्थापना भएको विराटनगर रामलाल गोल्छा आँखा अस्पतालको अवस्था नाजुक रहेको छ ।

अस्पतालका स्वास्थ्यकर्मी एवम् चिकित्सकले लगाउने ग्राउन, कपडा, टोपी, अप्रेशन गर्दा बिरामीलाई लगाइने कपडा अस्पताल आफैँले धुने, सुकाउने मेसिन राखेको छैन ।

उक्त लुगाहरु बाहिर धुन दिइन्छ । भुइँमा, बाटोमा सुकाइन्छ । उक्त कपडामा आँखाले नदेख्ने खालका जिवाणुहरु धेरै हुन्छन् । उक्त जिवाणुहरु कपडामा छैन भन्न सकिँदैन ।

उक्त कपडालाई आइरन लगाउन दिइँदैन, आइरन लगाउँदा बढी रकम लाग्ने भएर भनिन्छ ।

टोपी, ग्राउन लगायत कपडा धुँदा ५ रुपैयाँदेखि १५ रुपैयाँसम्म अस्पतालले तिर्ने गरेको छ ।

कपडा कहाँ सुकाइन्छ भन्ने कुराको पुष्टि यसबाट हुने गरेको छ :-

साथै अस्पतालले बिरामी हेरेपछि रिपोर्ट सबै दिइँदैन, एउटा रिपोर्ट दिइन्छ, आँखाको चस्मा बनाउनुपर्ने विषयमा पावर जाँचेको कागज बिरामीलाई दिइँदैन यो कुराको भनाइबाट प्रस्ट हुनेछ ।

तपाईको प्रतिक्रिया