विराटनगर । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ मोरङले दुई जनालाई पुरस्कृत गरेको छ ।
षष्टिका बस्नेत सूचनाको हक सम्बन्धी पुरस्कार अन्नपूर्ण पोस्टका कोसी प्रदेश प्रमुख किशोर बुढाथोकी र सूचनाको हकमा अभियन्ता सुरेन्द्र भण्डारीलाई पुरस्कृत गरिएको थियो ।
ठुलो उत्साहका साथ कोसी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीलाई प्रमुख अतिथि बनाई गरिएको उक्त कार्यक्रममा उहाँको शब्द बाणबाट सञ्चारकर्मी माथि प्रहार गरेपछि उक्त कार्यक्रम खल्लो भएको महसुस गरिएको छ ।
उक्त कार्यक्रममा हिकमत कार्कीले आज आफू बिदामा बस्ने मन थियो तैपनि यहाँ म आए भनेर भनेपछि उहाँ प्रेसप्रति कति जिम्मेवार हुनुहुँदो रहेछ सबै राम्रोसँग बुझ्ने अवसर पाएका छन् ।
उहाँका शुभचिन्तक एवम् समर्थकहरूले उहाँको यो भनाइलाई सामान्य रूपमा लिए पनि उहाँको भनाइलाई हेर्ने हो भने उहाँलाई उक्त कार्यक्रममा आउने मन थिएन मन नभई नभई आफू आएको उहाँले सङ्केतलाई सञ्चारकर्मीले गहन रूपमा लिनुपर्ने बेला आएको छ ।
उहाँलाई आउन मन थिएन तर आउन बाध्य पार्ने काम जुन तह तप्काबाट भएको छ यो न्याय सङ्गत छैन ।
उहाँले आफूलाई मन लागेन र मनले मानेन भने नआउँदा हुन्छ । बलजफती आउनु हुँदैन । दबाब दिएर उहाँले ल्याउन पनि हुँदैन । यसतर्फ नेपाल पत्रकार महासङ्घ मोरङले ध्यान दिनु जरुरी छ ।
कार्यक्रम गर्दा प्रमुख अतिथिको रूपमा बोलाउने हो तर आउनै पर्छ भन्ने दबाब दिनु उपयुक्त हुँदैन । मुख्यमन्त्री हिकमत कार्कीले मलाई बिदा बस्न मन थियो तर भनेर पहिले स्वागत गर्दै भन्नुभयो त्यसलाई सामान्य रूपमा लिए पनि समस्त पत्रकार आमन्त्रितको अगाडि सोही कुरा भन्नुभएको हुँदा नेपाली सञ्चार जगत्प्रति मन नलागे पनि सञ्चारकर्मीको काम ठिक भनेको हो कि भनेर सबैले आङ्कलन गर्न थालेका छन् ।