विराटनगर । नेपालमा राजसंस्थाको अन्त गर्ने उद्देश्यले राजा वीरेन्द्रको वंश नाश गरिएको दिन ज्येष्ठ १९ गते हो ।

२०५८ साल ज्येष्ठ १९ गते शाह वंशीय राजा वीरेन्द्रको वंश नाश भएको समाचार प्रसारण गर्ने काम वि.वि.सी. ले गरेको थियो ।

२० गते बिहान रेडियो नेपाल खोल्दा शोक धुन बजाउँछ, नेपाल टेलिभिजनले पनि शोक धुन बजाएको थियो । नेपाली छापाहरूले उक्त समाचार प्रकाशन गर्न सकेनन् तर बिहान बजारमा पत्रिका ल्याइकन नेपाल समाचार पत्र प्रकाशन गरेको थियो । सो पनि वि.वि.सी.ले समाचार भनेपछि वि.वि.सी. सुन्नेहरूले नेपालमा आफन्तलाई सुनाएपछि सो कुरा थाहा भएको थियो तर बि.बि.सी. घटना घटेको १० मिनेटमा उक्त जानकारी त्यस बेलाको मन्त्रीमण्डलकै एक सदस्यले बताएका थिए । त्यसकै हवाला दिइएको चर्चा पनि चलेको थियो ।

पहुँच हुनेले उक्त रेकर्ड माग्न सक्छन् वि.वि.सी.ले दियो भने थाहा हुन्छ दरबार घटना कसले घटायो, कुन प्रयोजनको लागि घटायो सो अहिले पनि पूर्ण रूपमा गर्भमै रहेको छ ।

शाह वंशीय राजा वीरेन्द्रको वंश नाश बहुदलीय व्यवस्थाकै कारण भएको हो । हुन तः गिरिजाप्रसाद कोइरालाले दरबार घटना ग्राइण्ड डिजाइन हो म बताइदिन्छु भन्दै उक्त कुरा बाहिर नल्याईकन मृत्युवरण गर्नुभयो ।

यसमा उहाँको बाध्यता होला, उहाँको मौनताको दुःख नेपालीले पाइरहेका छन् भने उहाँकै कोइराला परिवारले पनि भोगिरहेका छन् । तर जे होस् भइगयो भनेर हामीले मौन बस्नु हुँदैन ।

२०४६ सालको आन्दोलनपछि राजा वीरेन्द्रले बहुदलीय व्यवस्थाको घोषणा गरी दलमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने काम भएको थियो । बहुदलीय व्यवस्थाको घोषणापछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुभयो । उहाँकै नेतृत्वमा कुन कुन दलका को को मन्त्री हुनुभयो त्यसतर्फ नजाऔँ ।

गिरिजाप्रसाद कोइरालाको मन्त्रीमण्डलले राजदरबार अवलोकनको लागि ढोका खुला गरेको थियो । नेपालीलाई नेपाली रुपैयाँ र विदेशीले प्रवेश गर्दा डलर तिर्नुपर्ने प्रावधान राखिएको र ६ महिनासम्म राजदरबार प्रवेश गरी अवलोकन गर्ने वातावरण मिलाइएको थियो । ६ महिनासम्म विदेशीले धेरै अवलोकन गरेका थिए, पछि राजदरबारले असहमति जनाई सरकारलाई पत्र लेखेपछि टिकट काटेर अवलोकन गर्ने व्यवस्था बन्द गरिएको थियो ।

राजदरबार प्रवेशको लागि कसको इसारामा खोलिएको थियो । खोलिएबापत सरकारलाई तत्काल के फाइदा भयो । यसको जवाफ खोज्ने हिम्मत कसैले पनि गरेका छैनन् ।

राजदरबार घटनाको सुरुवात त्यहीबाट भयो । कहाँ के छ के के गर्ने सकिन्छ, राजदरबार घटनाको जिम्मा अहिले भारतीय केही राजनीतिक विश्लेषकले लिइरहेका छन् ।

राजा वीरेन्द्रले हाम्रो देशको प्रधानमन्त्री राजीव गान्धीको अपमान गरेको हुँदा त्यसको बदला हामीले लिएका छौँ ।

तर राजनीतिक दलका नेताले भनेको कुरालाई हामीले पत्याइएका छौँ ।

विगतका गृहमन्त्री एवम् वर्तमान राष्ट्रपति रामचन्द्र पौड्यालले प्रचण्ड भनेको ज्ञानेन्द्र शाह हुन माओवादीलाई लखेट्दै गयो । निर्मल निवास भित्र पस्दछ, अहिले सबैले थाहा पाए प्रचण्ड भनेको व्यक्ति रहेछन् उनी पुष्पकमल दाहाल रहेछन् । तसर्थ हामीले नेताको आँखाले होइन आफ्नो आँखाले हेरौँ खोजौँ राजदरबार प्रवेशको अनुमति दिँदा को को मन्त्री थिए । राजदरबार घटना घटेको जानकारी वि.वि.सी. लाई दिने को थिए ?

इतिहास-इतिहास हो इतिहास लेख्ने धेरै छन् । विदेशीको इसारामा इतिहास लेख्नेको इतिहास पढेमा हामीले आफ्नो बाबु को हो सो पनि बुझ्न सक्दैनौँ ।

राजदरबार घटना घटेको २४ वर्ष भयो तर पनि हामीले दरबार घटना घटेको विषयमा गम्भीर बन्न सकेका छौँ ।

राजदरबार घटना घटेको २४ वर्ष भयो तर पनि हामीले दरबार घटना घटेको विषयमा गम्भीर बन्न सकेका छौँ ।

राजदरबार घटना घट्नुमा बहुदलीय व्यवस्था नै प्रमुख कारक थियो किनकि बहुदल आएपछि ६ महिनाको लागि राजदरबार प्रवेश गर्न सर्वसाधारण र नेपालीलाई दिइएको थियो । इतिहासलाई सम्झना गर्नु बाहेक केही छैन । २०५८ ज्येष्ठ १९ जस्तो कहाली लाग्दो अवस्था नेपालमा नआओस् भन्दै स्वर्गीय राजा वीरेन्द्र र उक्त घटनामा मारिनुभएका राजपरिवारका सदस्यको आत्माले शान्ति पाओस् यही कामना छ ।

तपाईको प्रतिक्रिया