विराटनगर । नेपालमा गणतन्त्र ल्याएपछि बनेको प्रदेश संरचना वास्तवमा प्रदेशको विकासभन्दा पनि कार्यकर्ता पाल्ने थलोको रूपमा स्थापित भएको छ ।

प्रदेश आवश्यक छैन भन्ने आवाज राजनीतिक दल राप्रपा, राप्रपा नेपाल नै उठाउँदै आएको र प्रदेश आवश्यक छैन भनेर जनस्तरबाट आवाज उठिरहेको कुरालाई धुलिखेल नगरपालिकाले आत्मसात् गर्दै प्रदेश खारेजीको माग गरेको ५ ।

धुलिखेल नगरपालिकाको २७ अधिवेशनबाट प्रदेश सभा खारेजीको प्रस्ताव पारित गर्दै सङ्घीय सरकारलाई अनुरोध समेत गरेको छ ।

प्रदेश सभा खारेजीको प्रस्ताव धुलिखेल नगरपालिका वार्ड नं. २ का वडा अध्यक्ष एवम् नगर सभासद् अर्जुन न्यौपानेले लिनुभएकोमा उहाँको प्रस्तावलाई सर्वसम्मत रूपमा पास गरेको थियो ।

उक्त धुलिखेल नगरपालिकाको बैठकमा उक्त प्रस्ताव लाने व्यक्ति र बहुमतबाट पारित गर्ने व्यक्तिले आ-आफ्नो दलको इसारा बिना काम गर्न सक्दैनन् यसलाई हेर्दा गणतन्त्रवादी दल पनि अघोषित रूपमा प्रदेश खारेजीको पक्षमा रहेको देखिन थालका छन् ।

यो धुलिखेल नगरपालिकाको बैठकको निर्णय जस्तै अन्य नगरपालिकाबाट पनि हुन सक्ने सम्भावना बढेको छ ।

कोसी प्रदेशकै प्रदेश सभाको संरचना हेर्दा प्रदेश सभा कार्यकर्ता पाल्ने थलो बनेको प्रस्ट हुन आउँछ ।

कोसी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई विगतको सङ्घीय सरकारका सूचना तथा सञ्चार मन्त्री बन्नुभएकै थियो ।

कोसी प्रदेशका वर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी संविधान सभाको सदस्य बन्नुभएकै थियो ।

पूर्व सङ्घीय सभासद् जयराम यादव कोसी प्रदेश सभासद्‌मा उठ्नुभएको थियो ।

उहाँहरू प्रतिनिधिमूलक पात्र मात्र हुनुहुन्छ । सङ्घीयताको स्वरूप हेर्दा तलबाट माथि होइन माथिबाट तल झरेको देखिन्छ । कार्यकर्तालाई थन्काउने बाहेक अरू केही हुन सकेको छैन ।

प्रदेश लोकसेवा आयोग गठन भएको छ । कोसी प्रदेश लोकसेवा आयोगले विज्ञापन खोलेको छ । नेपाली नागरिकले लोकसेवा पनि दिने गरेका छन् । रिजल्ट पनि आइरहेको छ । प्रदेश मातहत र स्थानीय तहमा नियुक्ति पाई काम गरिरहेका छन् तर सङ्घीय सरकारले यसलाई कानुकी रूपमा मान्यता दिएको छैन ।

कोसी प्रदेश लोकसेवा आयोगबाट पास भई नियुक्ति पाएका कर्मचारीको रेकर्ड हुँदैन । प्रदेश किताब खाना छैन, कर्मचारीको वास्तवमा रेकर्ड राख्ने भनेको किताब खानाले हो । प्रदेशको लोकसेवा आयोगबाट पास भई नियुक्ति भएका कर्मचारीको रेकर्ड सङ्घीय किताब खानाले राख्दैन । यसलाई हेर्दा यही कुरा कालान्तरमा राजनीति विष बाहेक केही हुन सक्दैन । कोसी प्रदेशकै जस्तो अवस्था अन्यत्र नहोस् भन्न सकिँदैन ।

तपाईको प्रतिक्रिया