विराटनगर । विराटनगर महानगरपालिकासँग विराटनगरमा सञ्चालित उच्च माध्यमिक विद्यालयले कुन-कुन विषयमा अध्ययन अध्यापन गराउँछन् सो बारेमा कुनै तथ्याङ्क नभएको कुरा खुल्न आएको छ ।
महानगरपालिकाले छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीको लागि आवेदन माग गरेको छ । उक्त आवेदनमा SEE परीक्षामा न्यूनतम १.६ GPA ल्याई पूरा गरेको भनेर सूचना जारी गरेपछि विद्यार्थीले आवेदन दिने काम गरिरहेका छन् ।
२०८२ श्रावण ३ गते परीक्षा हुने र परीक्षाको रिजल्ट आएपछि निःशुल्कको लागि निजी उच्च माध्यमिक विद्यालयमा सिफारिस गर्ने तयारी गरिरहेको छ । महानगरपालिकाले १०% विद्यार्थीलाई निःशुल्क अध्ययनको लागि सिफारिस गर्नेछ तर १.६ GPA ल्याएको विद्यार्थीले उत्तीर्ण भई नाम चलेको विद्यालयमा भर्न हुन खोजेमा उक्त विद्यालयले स्वीकार गर्न वा गर्दैन यो पछिल्लो समय खोजीको विषय बनेको छ ।
विद्यालयमा रहेका उच्च माध्यमिक विद्यालयले प्रवेश परीक्षा लिई विद्यार्थी भर्ना समेत गरिसकेको छ ।
प्रवेश परीक्षामा परीक्षा दिएका मध्ये विद्यालयलाई चाहिने विद्यार्थीलाई उत्तीर्ण गराइसकेको छ । महानगरपालिकाले परीक्षा लिई प्रक्रिया पुर्याई पत्र लेख्दा साउन २० कटिसक्छ के त्यस अवधिसम्म विद्यालयले सिट सुरक्षित राख्ने सम्भावना निकै कम रहेको छ ।
१००० विद्यार्थीलाई भर्ना लिने विद्यालयमा नगरपालिकाको लागि १०० जना विद्यार्थीको लागि सिट सुरक्षित राख्नुपर्ने हुन्छ । यसरी राख्ने सम्भावना निकै कम रहेको छ ।
नाम चलेका स्कुलले महानगरपालिकाबाट सिफारिस भएका विद्यार्थीलाई राख्दा व्यवस्थापन गर्न समस्या हुन्छ तर नाम नचलेकोमा विद्यार्थी जाँदैनन् । त्यहाँ सिट खाली हुने कुरा महानगरका एक कर्मचारीले बताएका छन् ।
उच्च माध्यमिक विद्यालयले कुन कुन विषयमा पढाइरहेका छन्, सिट कति छ त्यसको तथ्याङ्क राष्ट्रिय परीक्षा बोर्डसँग मागेर सोही आधारमा विद्यार्थीको लागि सिट सुरक्षित राख्न महानगरपालिकाले पत्राचार गर्ने भएको छ । पत्राचार असार अन्तिम वा श्रावण पहिलो साता भित्रमा गरिसकिने कुरा महानगर शिक्षा शाखाका एक कर्मचारीले बताएका छन् ।
महानगरपालिकाले राख्नुपर्ने तथ्याङ्क नराखेको कारण पछि यसले उग्र रूप लिने देखिन्छ ।