विराटनगर । नेपाली जनताको चाहना राजसंस्थाको पुनः स्थापना रहेको कुरालाई कुनै पनि दल वा वादले बेवास्ता गर्न हुँदैन ।

एकीकृत राष्ट्रिय सङ्घर्ष समिति मोरङले आयोजना गरेको राजा ज्ञानेन्द्र शाह सरकारको ७९औँ जन्म दिनको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै अधिकांश वक्ताहरूको उक्त भनाइप्रति एकमत रहेको छ ।

नेपालमा राजसंस्था पक्षधरलाई राजावादी भनेर भन्ने गरिएको छ । अदालतमा मात्र वादी प्रतिवादी हुन्छ भन्दै राजा कुनै मुद्दा होइन राजा सबैका साझा हुन् तसर्थ वादी भनेर राजालाई सीमित व्यक्ति समूह, दलको घेरा ल्याउने काम जुन गणतन्त्रवादीले गरिरहेका छन् सो उनीहरूकै लागि घातक हुने जिकिर उहाँहरूले गर्नुभएको थियो ।

राजा ज्ञानेन्द्र शाहबाट आफ्नो जन्मदिनमा शुभकामना दिन चाहनुहुनेको लागि निर्मल निवास खुला गरेको घोषणा गरेपछि उहाँलाई जन्मदिनको शुभकामना दिन जुन भिड थियो उक्त भिड कुनै दल विशेषको थिएन राजाको थियो । जनताका मतलाई सबैले सम्मान गर्नुपर्छ भन्ने कुरामा सबैको एकमत रह्यो ।

यसरी उक्त आशयको धारणा राख्नुहुनेमा नेपाल विद्वत् परिषद्का केन्द्रीय अध्यक्ष जितबहादुर अर्जेल, नेपाल सद्भावना मञ्चका राष्ट्रिय अध्यक्ष बद्रीप्रसाद मण्डल, आनन्द गुरु महाराज, श्याम अधिकारी, स्वयम्भू कार्की लगायत हुनुहुन्थ्यो ।

कार्यक्रमको सभापतित्व एकीकृत राष्ट्रिय सङ्घर्ष समिति मोरङका अध्यक्ष वल्लभप्रसाद दाहालले कार्यक्रमलाई समापन गर्दै मुलुक दयनीय अवस्थाबाट गइरहेको छ, अहिलेको व्यवस्थाका पक्षधर तानासाह बनिरहेका छन्, श्वेत आतङ्क मच्चाइरहेका छन् ।

राणा शासनमा पनि यतिको ज्यादती भएको थिएन तर अहिले भइरहेको छ यसको निकास राजा बिना हुँदैन जनताले राजालाई पुनः स्थापित गर्ने छन् भन्नुभयो ।

तपाईको प्रतिक्रिया