विराटनगर । पछिल्लो समयमा सरकारी नम्बर भएको सवारी साधन लिएर जोगबनी (भारत) जाने र सामान किनेर उक्त सवारी साधनमा हालेर ल्याउने क्रम तीव्र गतिमा भइरहेको छ ।
कार्यकर्ता भर्ती केन्द्रको रूपमा रहँदै आएको भनेर चर्चा पाएको जिल्ला समन्वय समितिको मातहतमा रहेको सवारी साधनको चरम दुरुपयोग भइरहेको छ । यसरी दुरुपयोग गर्नेमा जिल्ला समन्वय समिति मोरङ पनि निकै अगाडी रहेको छ । बिहीबार जिल्ला समन्वय समिति मोरङको मातहतमा रहेको बा१झ ८४३६ नम्बरको गाडी जहाँ नेपाली सवारी साधन राख्न पाइँदैन त्यही राखेर जोगबनी सामान किन्न गएका थिए । उक्त गाडीको चालकले जोगबनीतिर कार्यालयको काममा जानुभएको बताइरहेको बेला चिनी, दाल, बिस्कुट आदि सामान बोकेर ल्याई गाडीमा हाले पनि सामान किन्न जाँदा सरकारी गाडीको दुरुपयोग गरेको देखिएको छ ।
जिल्ला समन्वय समिति पहिलेको जिल्ला विकास समिति जस्तै हो तर सरकारी गाडीको प्रयोग गरी राज्य दोहन भइरहेको छ । यसतर्फ सबैको ध्यान जानु जरुरी छ ।