विराटनगर । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय विराटनगर रानीले गुणस्तर प्रमाणीकरण गर्दा स्वास्थ्यमा जोखिम हुने गरेको छ । त्यहाँ परीक्षण गर्ने प्राविधिकलाई सरकारले जोखिम भत्ता उपलब्ध गराउनुका साथै कार्यालयलाई चाहिने उचित भवन कोठाको व्यवस्था सरकारी तहबाट अहिलेसम्म हुन सकेको छैन । कार्यालयको आफ्नो नहुँदा प्रयोगशाला र स्टोर व्यवस्थापनतर्फ कार्यालयको अगाडि ठुलो समस्या देखिएको छ ।

खाद्य पदार्थको परिभाषाभित्रका केही खाद्य पदार्थहरू विभागीय स्वीकृत तथा कार्यालयबाट अनुमति नलिईकन आयात हुने गरेको हुँदा यस प्रकारको आयातित वस्तुहरूको प्रयोग गर्ने प्रयोगकर्ताहरूले आफ्नो स्वास्थ्यलाई समेत जोखिममा पार्दै आएका छन् ।

यसको अनुगमन गर्ने निकायहरू धेरै भए पनि उनीहरूबाट खासै अनुगमन भएको पाइँदैन । यसतर्फ आम उपभोक्ता वर्ग आफैँ चनाखो हुनुपर्ने देखिएको छ ।

विराटनगर भन्सार कार्यालय रानी ICP परिसर भित्रबाट आयातित प्रशोधित अर्ध प्रशोधित औद्योगिक कच्चा खाद्य पदार्थको गुणस्तर प्रमाणीकरणको लागि भन्सार कार्यालयबाट नमुना सङ्कलन गरी परीक्षणको लागि पढाइएको वस्तुको गुणस्तर प्रमाणीकरणको लागि परीक्षण गर्ने गरेको छ ।

तर कतिपय वस्तुहरूको गुणस्तर प्रमाणीकरण गर्नुपर्नेमा नपढाईकन भन्सार जाँच पास हुने गरेको घटना समेत बाहिर आएको हुँदा अन्य नियमनकारी निकायले यसतर्फ ध्यान दिँदै अनुगमकारी निकायले यसतर्फ ध्यान दिँदै अनुगमनलाई निरन्तरता दिनुपर्ने जरुरी छ । खाद्य आयात-निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रानी विराटनगर आर्थिक वर्ष २०८१/०८२ मा ७३१२ वटा विभिन्न समयमा प्राप्त भएको नमुनाहरूको गुणस्तर विषादी परीक्षण गरी प्रमाणीकरण गरेको छ ।

उक्त अवधिमा तेल तथा घ्यू १०७५ वटा नमुना परीक्षण गरिएको थियो । उक्त वस्तु ३१५०७९.०६ मेट्रिक टन आयात भएको छ । मसला ३१५ वटा नमुना परीक्षण गर्दा ३७३६.८६३ मेट्रिक टन, खाद्यान्न दलहन तथा सोबाट बनेको पदार्थ ६७६ नमुना परीक्षण भएको छ । उक्त नमुना परीक्षण गर्दा १६५३८.८३२६ मेट्रिक टन आयात भएको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रानी विराटनगरका कार्यालय प्रमुख धननाथ अधिकारीले बताउनुभयो ।

आ.व. २०८१/०८२ मा कन्फेसनरी १८३९.३९९ मेट्रिक टन, गुलियो पदार्थ १३३३.८६२९ मेट्रिक टन र चिया कफी तथा कोकबाट बनेको पदार्थ १७७ मेट्रिक टन आयात भएको छ । कार्यालयबाट भएको कामकारबाहीलाई हेर्दा कार्यालय वेरुज विहीन कार्यालय बन्न भएको छ ।

कार्यालयलाई व्यवस्थित अत्याधुनिक एवम् सुविधा सम्पन्न बनाएर अगाडि बढेमा मानव स्वास्थ्य माथि हुने खेलबाडमा कमी आउने देखिन्थ्यो ।

तपाईको प्रतिक्रिया