सनातन धर्म सेवा समिति मोरङको साधारण सभा साउन २१ गते बुधवार विराटनगरमा सम्पन्न भयो ।
समितिका अध्यक्ष प्राध्यापक कविराज न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा समारोहका प्रमुख अतिथि एवम सनातन धर्म सेवा समितिका केन्द्रीय अध्यक्ष माधव प्रसाद न्यौपानेले भिन्न भिन्न ६ वटा संस्थालाई भिन्न भिन्न पुरस्कारद्वारा सम्मानित गर्नुभयो ।
उक्त समारोहमा निम्न पुरस्कारहरू निम्नानुसारको संस्थाहरुलाई समर्पण गरिएको थियो ।

१. शिवादत्त रमादेवी भट्टराई वैदिक धर्म संस्कृति पुरस्कार : जानकीश्वर गुरुकुल विद्यालय गौरादह झापालाई

२. किसनलाल रुक्मीणिदेवी राजगढीया धर्म संस्कृति पुरस्कार : वेद वेदाङ्ग संस्कृत पाठशाला साधुटार झापालाई,

३. ओम प्रकाश उषादेवी गोयल धर्म संस्कृति पुरस्कार : आध्यात्मिक क्षेत्रको लोकप्रिय पत्रिका ‘गौरी’ मासिक, काठमाडौँलाई

४. आसकरण यशोदादेवी राठी धर्म संस्कृति पुरस्कार : कालिका संस्कृत विद्यापीठ अर्जुनधारा झापालाई

५. गङ्गाविशन राठी स्मृति शिक्षा सनातन धर्म संस्कृति पुरस्कार : रुद्रेश्वर शिवालय विराटनगर ४ लाई

६. बलभद्र रिजाल नारायण विष्णु हिन्दू धर्मसेवा सम्मान पुरस्कार : अरुण आध्यात्मिक केन्द्र भोजपुरलाई ।

सो समारोहमा डा मेदिनी प्रसाद शर्मा, जुगल राठी, लक्ष्मीप्रसाद खतिवडा रघुनाथ रिजाल, सोमप्रसाद कोइराला इन्दिरा रिजाल,प. माधव प्रसाद काफ्ले, शिरोमणि भटराई प्रकाशदत भटराई, दिङ्गलाली कान्छो, प्रतिमा निरौला लक्ष्मी पोखरेल र सरिता रेग्मीले मन्तव्य प्रकट गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन आयोजक संस्थाका कार्य समिति सदस्य गोकुल अधिकारीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया