विराटनगर । विराटनगरबाट भारतको जोगबनी प्रवेश गर्ने नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा मान्यता दिइँदै आएको छ ।

यो नाकाको नेपालतर्फको अवस्थालाई हेर्दा यो क्षेत्र सुरक्षा संवेदनशील रहेको र कुनै पनि बेलामा कुनै पनि घटनाहरू घट्ने सङ्केतहरू देखा परेको छ ।

पुरानो भन्सार कार्यालय रहेको बेलामा स्थापित गरिएको १, २ र ३ नम्बर ढाँट भएको क्षेत्र अति संवेदनशील मानिँदै आएको छ ।

उक्त क्षेत्र पछिल्लो समय व्यापारिक क्षेत्र र नेपाली सवारी साधन पार्किङ स्थल र केही पसलहरूको सञ्चालनको केन्द्रबिन्दु बन्दै गएको छ ।

जोगबनीबाट नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनलाई एक छिन राखी भन्सार सुविधा प्राप्त नगरुन्जेल राख्न दिन मान्यता छ तर नेपाली सवारी साधनका साथै ठेलामा राखी बिक्री गरिने पसलहरू राखेर व्यापार गर्ने काम भइरहेको छ । जोगबनी प्रवेश गर्ने नाकाको नेपालतर्फको मुखमै सवारी साधनहरू पार्किङ गरिने र जोगबनीबाट किनेर ल्याएको सामान उक्त सवारी साधनमा राखी गन्तव्यतर्फ ल्याउने गरिएको छ ।

उक्त क्षेत्रको जिम्मा सशस्त्र प्रहरीलाई दिइए पनि जनशक्तिको अभावले गर्दा सशस्त्र प्रहरीले पनि काम गर्न सकेको छैन ।

जिल्ला सुरक्षा समिति मोरङ भए पनि यो सुरक्षा समितिले यसतर्फ ध्यान दिन सकेको छैन ।

उक्त नाका अन्तर्राष्ट्रिय नाका हो । यो नाकाबाट घुसपैठ भई गलत काम हुनेछ भन्नेतर्फ सुरक्षा समितिको ध्यान नगएको हो कि भन्ने आशङ्का व्यक्त गर्न थालिएको छ ।

उक्त स्थानमा भएको भिड, राखिने सवारी साधन, पसलहरूले गर्दा भन्सार छलेर ल्याउने सामानहरू ल्याउनेलाई सहज भएको छ । कतिपय व्यापारीले सोही ठाउँमा सामान राख्ने र बढी मानिसको भिड भएमा अनुकूल हेरी सामान कटाउने गरेका छन् ।

१ नम्बर ढाँटमा रहेको माइती नेपाल रहेको गुम्ती अगाडि सवारी साधन राखिने र सवारी साधन हटाउन आग्रह गर्दा पनि आनाकानी गरी त्यही राख्ने गरेको कुरा उक्त संस्थाका एक व्यक्तिले बताएका थिए ।

एक जना पुरुषलाई शङ्का लागि सोधपुछ गर्दागर्दै ती पुरुष भागेका थिए । अगाडि सवारी साधन भएको हुँदा नियन्त्रणमा लिन नसकेको बताइन्छ ।

यो प्रतिनिधिमूलक घटना मात्र हो जोगबनीमा । त्यहाँ रहेका पसल सञ्चालकले साइकलमा हालेर सामान कटाइदिने गरेका छन् । सामान ल्याउने व्यक्ति कोही रिक्सामा सामान ल्याएर आउँछन् उक्त नाकामा यस प्रकारको गतिविधि बढिरहेको छ । सर्वसाधारणलाई घरायसी सामान ल्याउँदा आफैँ बोकेर ल्याउनेको सङ्ख्या कमी छ । तर सवारी साधनमा ल्याउनेको सङ्ख्या बढी देखिन्छ ।

तर अन्तर्राष्ट्रिय नाका भएको हुँदा अन्तर्राष्ट्रिय नाका कस्तो हुन्छ यसतर्फ सुरक्षा निकायको ध्यान जानु जरुरी छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी सुरक्षा निकाय अन्तर्गतको सुरक्षा समितिको अध्यक्ष हुनुहुन्छ । यसतर्फ मोरङका प्रमुख जिल्ला अधिकारीको भूमिका कस्तो रहने यो सबैको लागि चासोको विषय बनेको छ ।

सुरक्षा समितिमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालय, स्थानीय प्रमुख छन् । उहाँहरूको संयन्त्र पनि होला । के हेरेको छ । यसलाई अहिले सामान्य रूपमा लिने समस्या आएमा जटिल देख्ने खेलको अन्त हुनुपर्छ ।

दशगजामा भारतीय सुरक्षाकर्मीले अस्थायी टहरो बनाई कब्जा गरिरहेको छ । यहाँका सुरक्षाकर्मी सोही ठाउँमा गएर छलफल गर्छौ किन ?

तपाईको प्रतिक्रिया