विराटनगर । सशस्त्र प्रहरी बल नेपाल ४ नं. हेक्का सुनसरी मातहतको पोष्टहरू तय विओपीले अवैध रूपमा भन्सार छलिल्याएको सामानहरू नियन्त्रणमा लिने क्रमलाई निरन्तरता दिँदै आएको छ ।
उक्त निकायले २०८२ श्रावणमा मात्र ५४ लाख ९२ हजार ७५१ मूल्य बराबर सामान नियन्त्रणमा भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल ४ नं. हेक्क सुनसरीले २४ लाख ९ हजार ८ सय बि.ओ.पी. अमडुवाले २ लाख २६ हजार बि.ओ.पी. साहेवगञ्जले २ लाख ३ हजार ३२०, प्रस्तावित गुल्म कप्तानगञ्जले २ लाख ५९ हजार २०० मूल्य बराबरको सामान नियन्त्रणमा लिएको थियो । वि.ओ.पी. घुस्की १ लाख १९ हजार २००, बि.ओ.पी. वसन्तपुरले २ लाख ४३ हजार १७०, बि.ओ.पी. लौकहीले ७ लाख २८ हजार १९३, हरिपुर गुल्मले २ लाख ४३ हजार ७०९, बि.ओ.पी. श्रीपुरले १ लाख २६ हजार १२० रहेको छ ।

श्रावण महिनामा सुरक्षा वेश क्याम्प भुटाहा सुरक्षा वेशक्याम्प दुहवी लगायत अन्यले पनि सामान नियन्त्रण लिएको थियो, यसरी नियन्त्रणमा लिएको सामान आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय सुनसरीमा बुझाएको थियो ।

यसरी नै सशस्त्र प्रहरी बल नेपाल ३ नं. हेक्का मोरङ र सो मातहतका युनिटहरूले चोरी पैठारी गरी ल्याएको सामान नियन्त्रणमा लिई विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ ।

यसरी बुझाएको सामानहरूको मुल्य ३९ लाख ७८ हजार ६ सय २३ रुपैया रहेको छ । बुझाएको सामानहरू कपडा खाद्यान्न, मोटर पार्टस र उक्त सामान ओसार गर्न प्रयोग गरिएको सवारी साधन रहेको छ ।

प्रस्तावित सीमा गुल्म रानीले २७ लाख ३५ हजार ३ सय २३, बि.ओ.पी. नोचाले २ लाख २२ हजार ६ सय ४०, प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभागले १ लाख ४२ हजार १ सय, बीओपी दरैयाले १ लाख ५६ हजार विओपी रङ्गेलीले ९ हजार ७ सय, बिओपी जहदा भुटाहाले १ लाख ४१ हजार १ सय मूल्य बराबरको सामान नियन्त्रणमा लिई नियमनकारी निकायमा बुझाएको थियो । बिओपी सिक्टीले १ लाख ४९ हजार, बिओपी धनपट्टी ८ हजार ५ सय ६०, बिओपी मधुमल्लाले ६० हजार, बिओपी पिडोरिया १ लाख ९ हजार र मद्धती तथा सेवा गुल्म सुनसरी सलकपुरले २ लाख मुल्य बराबरको सामान नियन्त्रणमा लिएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल ३ गण हेक्का कंकालिनी मोरङको मातहत युनिटले श्रावण महिनामा ५ लाख ५ हजार ४ सय मूल्य बराबरको सामान समेत नष्ट गरेको सशस्त्र प्रहरी बल नेपाल ३ गण हेक्का कंकालिनी मोरङले बताएको छ ।

तपाईको प्रतिक्रिया