विराटनगर । भारतीय एस.एस.वी.को टोलीले नेपाली सञ्चारकर्मीमाथि शङ्काको रूपमा हेर्न थालेका छन् । भारतीय सुरक्षाकर्मीले नेपालको प्रेस अङ्कित सवारीसाधन र नेपाल पत्रकारमाथि गर्दै आएको विश्वासमा क्रमशः कमी हुँदै आएको छ ।

नेपाल-भारत प्रवेश गर्ने जोगबनी नाका, विराटनगर-दरैया प्रवेश गर्ने नाका, विराटनगरकै मटेरुवा प्रवेश गर्ने नाकाको भारततर्फ रहेका भारतीय सुरक्षाकर्मीहरूले प्रेस अङ्कित सवारी साधन र पत्रकारलाई शङ्काका रूपमा हेर्न थालेका छन्, कतै यो कारोबारी त होइन भन्न थालेका छन् । नेपाल र भारत बिचको स्थानीय तहमा हुने दुवै पक्षको बैठक एवम् छलफलमा भारतीय सुरक्षाकर्मीले खुला सीमाको कारण हुने गलत गतिविधिलाई बैठकको मुद्दा बनाउँदै नेपालको प्रेसहरूले आफ्नो मर्यादालाई बिर्सेर अवैध कारोबार गर्नेलाई संरक्षण गर्ने व्यक्तिलाई बोक्दै अवैध कारोबार गर्नेलाई प्रोत्साहन दिएको कुरा बैठकमा राख्ने गरेको नेपालतर्फको सुरक्षाकर्मीले बताएका छन् ।

भारतीय पक्षले नेपाली पत्रकार र उनले प्रयोग गर्ने सवारी साधन गत काममा प्रयोग हुने गरेको कुराको जिकिर गर्दै नेपाली पत्रकारलाई सो गर्ने नेपालले छुट दिएको छ भनेर प्रश्न गर्ने गरेको कुरा सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीले बताउनुभएको छ ।

यसलाई हेर्दा नेपालको सुरक्षाकर्मीले प्रेस जगत्‌माथि हेर्ने दृष्टिकोणमा फरक आउन थालेको बताइन्छ ।

यसलाई न्यूनीकरण गर्ने तर्फ कसले भूमिका निर्वाह गर्ने यसतर्फ नेपाली पक्षले ध्यान दिनु जरुरी छ ।

नेपालका केही सञ्चारकर्मीले अवैध तरिकाले सामान ओसारपसार गर्नेलाई सहयोग पुर्‍याइरहेका छन् भन्ने कुरामा सीमा क्षेत्र रानी, मटेरुवा, दरैयामा रहेका सुरक्षाकर्मी पनि जानकार छन् तर यस विषयमा निगरानी राख्न सकेका छैनन् किन ? तसर्थ यस विषयमा पत्रकारको छाता सङ्गठन र दलीय आधारमा खोलिएका पत्रकारको सङ्गठनले ध्यान दिनु जरुरी छ ।

यसलाई हलुका रूपमा लिएमा समस्त नेपालकै प्रेस जगत्‌ नै बदनाम हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया