विराटनगर । विराटनगर महानगरपालिकाको १९ वडाका महिला स्वास्थ्य स्वयंसेवीलाई स्वर्ण विन्दु प्राशन खोपको बारेमा १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ विराटनगरले उक्त अभिमुखीकरणमार्फत स्वर्ण विन्दु प्राशन खोपको उपयोगिताको बारेमा प्रशिक्षण दिइएको थियो ।

कार्तिक २४ गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ विराटनगरको २ नम्बर वार्डमा खुवाइने भएको छ ।

आयुर्वेद पद्धतितर्फ अहिले बालरोग विशेषज्ञ प्रसूति रोग विशेषज्ञ लगायत अन्य रोगको बारेमा चिकित्सकहरू उत्पादन भइसकेको हुँदा आयुर्वेद पद्धति नेपालकै लागि उपयुक्त रहेको र स्वर्ण प्राशन खोप कार्यक्रम बालबालिकाका लागि सुनौलो कार्यक्रम रहेको आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ विराटनगरका कार्यालय प्रमुख रामप्रमोद चौधरीले बताउनुभयो ।

स्वर्ण विन्दु प्राशन प्रत्येक महिनाको पुष्प नक्षत्रको दिन पारेर प्रत्येक महिना खुवाइने छ । यसले बालबालिकाको बौद्धिक, शारीरिक, मानसिक विकास गर्छ चौधरीले बताउनुभयो ।

स्वर्ण विन्दु प्राशन सुनको भस्म, औषधि मिसाइएको घ्यू र महको मिश्रण हो । १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाउन सकिन्छ । यसले स्मरण शक्तिमा वृद्धि र वाणीमा सुधार, पाचन शक्ति र शारीरिक बलमा वृद्धि गर्ने छ भन्नु हुँदै स्वर्ण विन्दु खुवाएपश्चात् आधा-आधा घण्टासम्म खाना र दूध खुवाउन हुँदैन, रुघाखोकी लागेको, झाडापखाला लागेको, ज्वरो आएको बालबालिकालाई खुवाउन नहुने बताउनुभयो ।

आयुर्वेद पद्धतितर्फ सरकारले कदम चाले पनि रकम विनियोजनतर्फ कन्जुस्याइँ गरेको छ ।

आर्थिक वर्ष २०८२/०८३ मा सङ्घीय सरकारले ८ लाख र प्रदेश सरकारले ७ लाख बजेट विनियोजन गरेको छ ।

निःशुल्क उपलब्ध गराउने ३३ प्रकारका औषधि किन्नुपर्छ तसर्थ सरकार आयुर्वेद पद्धतिलाई अगाडि बढाउनेतर्फ सक्रिय हुनु जरुरी छ ।

तपाईको प्रतिक्रिया