
सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण हेक्का सुनसरीद्वारा बरामद सामान
विराटनगर । सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण हेक्का सुनसरीले चोरी-पैठारी कार्यलाई कम गर्न मोबाइल लोटी परिचालन गरेको छ । उक्त मोबाइल गस्ती टोलीले गस्ती गर्दै जाँदा सुनसरीको इटहरी उपमहानगरपालिका झोराहाटनेरी मिनिट्रकलाई शङ्का लागि हेर्दा उक्त ट्रकमा ठुलो परिणामको कपडा फेला पारेको छ ।
कपडा फेला पारेपछि उक्त ट्रकलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा अवैध रूपमा भन्सार छलेर ल्याएको लत्ताकपडा रहेको हुँदा सामान र कपडालाई नियन्त्रणमा लिएको छ ।
यसरी नियन्त्रणमा लिएको मिनीट्रक भित्र ७ लाखभन्दा बढीको कपडा रहेको र मिनीट्रक र कपडा आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सुनसरीमा बुझाएको छ । उक्त सामान श.प्र.ना.उ. मातृका पौडेलको नेतृत्वमा खटिएको १० जनाको गस्ती टोलीले शुक्रवार बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण हेक्का मोरङ, प्रस्तावित गुल्म रानी विराटनगरद्वारा बरामद सामान
यसै गरी सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण हेक्का मोरङ मातहतमा रहेको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म रानी विराटनगरले पनि अवैध कारोबार गर्नेप्रति निगरानी राख्दै आएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म रानी विराटनगरको श.प्र.ना.उ. विकास खतिवडाको कमान्डमा खटिएको गस्ती टोलीले ठुलो मात्रामा रेवन चस्मा बरामद गरेको छ ।
उक्त टोलीले विराटनगर महानगरपालिका १७ मन्टापोखरी नजिक प्र. १-०२-००३ ह १९०० नम्बरको सिटी सफारी शङ्का लागि के छ भनेर सोध्दा सिटी सफारी चालक भागेका थिए ।
उक्त सिटी सफारीलाई नियन्त्रणमा लिई हेर्दा उक्त सिटी सफारीमा ल्याएको रेमन चस्मा फेला परेको थियो ।
फेला पारेको रेगन चस्मा २ लाख ९१ हजार भन्दा बढी मूल्यको रहेको छ । यसरी सिटी सफारीमा रहेको सामान र सिटी सफारी ४ लाख ९१ हजार मूल्य बराबरको रहेको बताइन्छ ।
उक्त सामान र सिटी सफारीसहित आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ ।
यसलाई हेर्दा सशस्त्र प्रहरी बल नेपाल चोरी पैठारी नियन्त्रण गर्न सक्रिय भएका छन् । यसबाट अवैध रूपमा भन्सार छल्ने समूह, व्यक्ति र प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहयोग गर्नेहरू थर्कमान भएका छन् ।




