विराटनगर । चोरी पैठारी नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानी, विराटनगर अग्रभागमा देखिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर हेक्का मोरङको मातहतमा रहेको युनितमध्ये उक्त गुल्मले मङ्सिर महिनामा मात्र सबभन्दा बढी मूल्य बराबरको सामान विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको हो ।

यो गुल्मले मङ्सिर महिनामा २६ लाख ५४ हजार मूल्य बराबरको सामान बुझाएको हो ।

सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर हेक्का मोरङ मातहतको युनिटले मङ्सिर महिनामा ४२ लाख १९ हजार मूल्य बराबरको सामान भन्सार दाखिला गरेको छ ।

जसमा विओपी दरैयाले ४ लाख ४८ हजार, विओपी नोचाले ४ लाख १२ हजार मूल्य बराबरको सामान भन्सार बुझाएको छ ।

यसैगरी विओपी रङ्गेलीले १ लाख ५७ हजार, विओपी विओपी वरडङ्गाले १ लाख ३९ हजार, प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभागले १ लाख १३ हजार, विओपी जहदा भुटाहाले ८४ हजार, विओपी सिक्टीले ५६ हजार मूल्य बराबरको सामान बुझाएको छ ।

यसरी नै मङ्सिर महिनामा विओपी धनापट्टीले ३२ हजार, विओपी मधुमल्लाले १० हजार, विओपी तरिगामाले १० हजार मूल्य बराबरको सामान भन्सार बुझाएको छ ।

यसलाई हेर्दा सवभन्दा बढी सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानी पहिलो र दोस्रोमा विओपी दरैया रहेको छ ।
सवभन्दा कम बुझाउनेमा पहिलेमा विओपी मधुमल्ला र तरिगामा, दोस्रोमा धनपट्टी रहेको छ ।

चोरी पैठारी कम गर्न सीमा सुरक्षालाई ध्यान दिनेतर्फ सक्रियपूर्वक कुन कुनले सक्रियता देखाए सो नियमनकारी निकायको लागि खोजीको विषय बन्नुपर्छ ।

यसरी बुझाएको सामानहरू सवारी साधन, चस्मा, कपडा, खाद्यान्न, मोटर पार्टस लगायत रहेको छ ।

तपाईको प्रतिक्रिया