विराटनगर । विराटनगरमा नेपाली रुपैयाँ र भारतीय रुपैयाँहरूलाई सुरक्षा निकायले पक्राउ गरिरहेको छ ।
जोगबनीबाट नेपालतर्फ नेपाली रुपैयाँ ल्याउँदा हुण्डीको आरोप लाग्दै आइरहेको छ ।
जोगबनीमा मात्र होइन भारतको फारविसगञ्जसम्म सामान किन्दा त्यहाँका व्यापारीले नेपाली रुपैयाँ लिने गरेका छन् ।
उक्त नेपाली रुपैयाँ दैनिक १ करोडभन्दा बढी रकम त्यहाँका व्यापारीसँग हुने गर्दछ । आखिरमा उक्त रकम नेपाल नै ल्याइन्छ । यसरी नेपाल ल्याउँदा त्यसलाई हामीले हुण्डीको तक्मा लगाइदिने गरेका छौँ र मानिससहित पक्राउ पर्छ, सुरक्षा निकायले सद्भाव नदेखाएमा रकमसहित पक्राउ परेका व्यक्तिले थप त्यति रकम दिनुपर्छ यसतर्फ सरोकारवाला निकायको ध्यान जान सकेको पाइँदैन ।
यो जोगबनी र फारविसगञ्जको अवस्था हो । भारतसँ सीमा जोडिएका नाका धेरै छन् । नेपालनै भारतको उक्त बजारलाई चलायमान गरिदिएको हुन्छ । उक्त रकम जसरी भए पनि नेपालमै चाहिन्छ । यसलाई नेपाल सरकारले अहिलेसम्म बुझ्ने प्रयास गरेको छैन ।
भारतमा नेपाली रुपैयाँ दैनिक १० करोडभन्दा बढी रहेको हुन्छ । यदि भारतले उक्त नेपाली रुपैयाँ आफ्नो नियन्त्रणमा लिने र भारतको पसललाई सो बराबरको रकम उपलब्ध गराएमा नेपालमा नेपाली रुपैयाँको हाहाकार हुने देखिन्छ ।
नेपालले नेपाली रुपैयाँ छाप्न डलर खर्च गर्नुपर्छ । नेपालले नेपाली रुपैयाँ छाप्दै जाने, उक्त रकम पुनः सामान किन्न नेपालीले भारततर्फ नलग्लान् भन्न सकिने अवस्था देखिँदैन ।
भारतले नेपाली रुपैयाँ सङ्कलन गर्दै जाने हो भने नेपालसँग नेपाली रुपैयाँ छपाउने डलर हुँदैन तसर्थ भारतबाट ल्याइने नेपाली रुपैयाँलाई हुण्डीको नाम दिएर नेपाली रुपैयाँ ल्याउनेलाई दुःख दिनु हाम्रो लागि प्रतिउत्पादक हुन सक्दछ यसतर्फ सरकारले यसमा विशेष ध्यान पुर्याउनु जरुरी छ ।