विराटनगर । विराटनगर महानगरपालिका वार्ड नं. १९ मा रहेको वैजनाथपुर अस्पतालद्वारा बिरामीलाई उपल्बध गराइएको सेवामध्ये महिला लक्षित कार्यक्रमहरू उपलब्धिमूलक बन्दै गएको छ । महिलाहरूको पाठेघरको परिक्षण, गर्भवती महिलाहरूको लागि निःशुल्क भिडियो एक्सरे र महिलाहरूको पाठेघरमा भएको क्यान्सरको प्रारम्भिक रोकथाम लगायत अन्य सेवाहरू बैजनाथपुर अस्पतालले दिँदै आएको छ ।

पौष महिनासम्म गर्भवती महिला जाँच १७७ जनाको, गर्भवती महिलाहरूको आर.यु.एस जाँच, गर्भवती महिलाहरूको निःशुल्क भिडियो एक्सरे ३०६ जना, ५८ जना महिलाहरूको पाठेघरको परीक्षण, ५ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरको रोकथाम गर्ने अस्पतालबाट भइरहेको वैजनाथपुर अस्पतालका प्रमुख भोला तिम्सिनाले बताउनुभयो ।

२०८२ भदौ २३ गतेदेखि स्वास्थ्य बिमा सेवा सुरु भएदेखि पौष मसान्तसम्म बिमा सेवा लिनेको सङ्ख्या १७३५ पुगेको छ र ओपीडी सेवा ३७९७ जनालाई अस्पतालले दिएको छ ।

महिलाको पाठेघरको परीक्षण र पाठेघरको मुखको क्यान्सरको उपचार गर्न कानेपोखरी, लेटाङ, पथरीबाट पनि आउने गरेका छन् । यसलाई हेर्दा अस्पतालको सेवा विश्वसनीय र गुणस्तरिय रहेको सङ्केत दिएको छ ।

बैजनाथपुर अस्पतालले प्रसुति सेवातर्फ १७ जना, डेलिभरी लागि भर्ना ९ जना, क्षयरोग उपचार ४ जनालाई दिइसकेको छ । परिवार नियोजनतर्फ २०८ पिल्स, डिपो इन्टप्लान्ट ५२ जनालाई दिएको बताइन्छ ।

स्वास्थ्य बिमा गराउँदा सुरुमा जहाँ प्रथम सेवा बिन्दु भने पनि स्वास्थ्य बिमा गराएको हकमा प्रथम स्वास्थ्य सेवा बिन्दु भएको हुँदा उनीहरूलाई सेवा दिन अस्पताल तयार रहेको बताइन्छ ।

प्रयोगशाला सेवा २१९ जनालाई दिएको र आंशिक रुपमा फार्मेसी सेवा सञ्चालन भइरहेको छ ।

स्वास्थ्य बिमा गराउनुभएका महानगरपालिका भित्र र बाहिरकाले प्रथम सेवा लिन चाहेमा अस्पतालले उपलब्ध गराउने बताइन्छ ।

बैजनाथ अस्पताललाई यहाँसम्म पुर्‍याउन महानगरपालिका, महानगरपालिका स्वास्थ्य शाखा विराटनगर-१९, वडा समिति परिवार, बैजनाथपुर अस्पतालको परिवारको उल्लेख्यनीय भूमिका रहेको देखिएको छ ।

तपाईको प्रतिक्रिया