
विराटनगर । अहिले हुन गइरहेको निर्वाचनप्रति नेपाली जनताको चासो कम र विदेशी फण्डबाट सञ्चालित सरकारी एवम् गैर सरकारी सङ्घसंस्थाको अभियानकर्तालाई लागेको छ ।
२०२८ सालदेखि विदेशी इसारामा जुन नयाँ शिक्षा लागु गरियो त्यहीबाट नेपालमा विषवृक्षको बिजारोपण भइरहेको छ ।
नेपालमा अहिले दुई शक्तिहरू रहेका छन् । परापूर्वकालदेखि चलिरहेको हाम्रो संस्कृति, सभ्यता र धरोहरलाई पुनः स्थापित गर्ने र भत्काइएको उक्त परापूर्वकालदेखि चलिआएको हाम्रो संस्कृति, सभ्यता र धरोहरलाई पुनः स्थापित गर्न नदिने बिच द्वन्द्व चलिरहेको छ । यसमा आम नेपालीले बुझ्न सकेका छैनन् ।
२०४६ सालपछि नेपाल र नेपालीको अस्तित्व समाप्त गर्ने खेलमा नेपाली नै लागेका छन् । हामी विदेशी चलखेल भन्छौँ, विदेशी चलखेल होइन नेपालमा जन्मेका आफूलाई नेपालीको विज्ञ र उनीहरूबाट सञ्चालित इसु–कुलमा शिक्षा पाएकाले यहाँ काम गरिरहेका छन् ।
नेपालमा एनजीओ, अइएनजीओको माध्यमबाट पश्चिमा राष्ट्रले आफ्नो पश्चिमा संस्कृतिको नेपालमा विकास गर्न र त्यसलाई स्थापित गर्न लागिपरेका छन् ।
जुन नेपाली हुन् जसले पिएचडी गरेका छन् उनीहरू नै पश्चिमा शक्तिको इच्छाशक्तिलाई पूरा गर्न लागेका छन् । कस कसले पिएचडी गरेका छन्, जुन विषयमा पिएचडी गरेका छन् उनीहरू पिएचडी गरी तयार पारेको रिपोर्ट कहाँ बुझाएका छन् सो कुरा खोज्ने हो भने नेपाल र नेपालीको शत्रु नेपालमै रहेको प्रमाण मिल्छ तर कसले खोज्ने यसतर्फ कसैको ध्यान जान सकेको छैन ।
किनकि नेपालमा कही नभएको जात्रा हाँडी गाउँमा भनेझैँ छ । स्थायी सरकार भने नेपालको कर्मचारी प्रशासन हो, कर्मचारी नेपाल नामको मात्र हुन्, दलका हुन्, सङ्घसंस्थामा छन्, तीमा आवद्ध हुने सरुवा बढुवा हुने गर्दछन्, कर्मचारी सरकारका छैनन्, दलका छन् जुन दल सरकारमा भयो उक्त दलका कमर्चारीमा मण्डले प्रवृत्तिको उदय हुने गरेको छ । सरकारमा सहभागी दल बाहेकका कमर्चारी सरकार बिरुद्ध हुन्छन् ।
कानुन व्यवसायी पनि दलका हुन्, तिनै दलको सिफारिसमा अंशवण्डापछि माननीय न्यायाधीश बनेका छन्, दलमा अबद्ध नभएका योग्यता पुगे पनि न्यायाधीश हुन पाएका छैनन् । सरकारको महान्याधिवक्ता सरकारमा जो छ, जुन दलको छ, उक्त दलकै कानुन व्यवसायीहरू महान्याधीवक्ता हुन्छन् ।
महान्याधीवक्ता भएपछि सरकारले जे भन्छ त्यही गरिदिन्छ, ऐन, कानुन अनुसार गल्ती भने औँल्याउँदैन, सरकार बाहिर भएपछि आफू हुँदा ठिक देख्नेहरू खराब देखेका हुन्, देख्ने गरेका छन् ।
नेपालमा धेरैले पिएचडी गरेका छन् । पिएचडी गर्नेहरू नेपालको विश्वविद्यालयबाट होइन विदेशी मुलुकको विश्वविद्यालयबाट गरेका छन्, जसले फेलोसिप पाएका छन् प्राय विदेशीले दिएको छ ।
उनको फेलोसिपमा उल्लिखित कुरालाई नीतिगत तहमा परराष्ट्र नीतिमा प्रयोग गर्ने गरेका छन् । केही ब्राह्मण गुरुकुलमा होइन इसुकुलमा पढेर शिक्षा हासिल गरेका छन् । हाम्रो परम्परागत संस्कारलाई बङ्ग्याएर व्याख्या गर्दै इसुकुलको शिक्षालाई व्यवहारमा उतारेका छन् । हामी विश्वास गर्दछौँ ।
हामीले जे जे माथि विश्वास गर्दछौँ उनीहरू नै इसु कुलको शिक्षा आर्जन गरी त्यसलाई नेपालमा उतारी गुरुकुलको शिक्षालाई तहसनहस पारेका छन् ।
हामीले पढ्दा ई बाट ईश्वर हुन्थ्यो त्यही पढ्नुपर्दथ्यो अहिले ई बाट ईसु ईसा पढाइन्छ । प्रश्नपत्रमा तेही उल्लेख हुन्छ, अअनि हामी भन्दछौँ देश बिग्रियो, त्यस बिगार्नेलाई सम्मान गरिराखेका हुन्छौँ ।






