विराटनगर । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनबाट मुलुकले सही मार्ग पहिल्याउन सक्दैन र यो औचित्यहीन निर्वाचनबाट नेपाल र नेपालीमा खासै सकारात्मक परिवर्तन आउँदैन ।

राप्रपाका नेता वल्लभप्रसाद दाहालले सो कुरा बताउनुभएको हो ।

भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको मूल उद्देश्य भएको संसद विघटन गर्ने, एक प्रधानमन्त्री र मन्त्री बनाउने र संसदको निर्वाचन गर्ने थिएन तसर्थ यो निर्वाचनबाट जेन्जी आन्दोलनकर्ता मृतक शहीद र मृतक परिवारको चाहनालाई पूरा गर्न सक्दैन दाहालको तर्क थियो ।

जेन्जी आन्दोलनले भ्रष्ट शासक र भ्रष्ट संविधानमा व्यापक परिवर्तन, प्रत्यक्ष कार्यकारिणी प्रधानमन्त्री संविधान थियो, सङ्घीय संरचनामा परिवर्तन, प्रदेशपूर्ण रूपमा खारेज थियो तर यहाँ पुरानै कुरालाई पुनर्जिवित गर्दै भ्रष्ट शासक र भ्रष्ट संविधानलाई स्थापित गर्न खोजिएको छ । यसबाट जेन्जी आन्दोलनको आडमा सत्तामा पुगेकाको नियन नै खराब रहेको सङ्केत दिएको छ भन्नु हुँदै निर्वाचन गराउने जिम्मेवारी लिएका मन्त्रीहरुमध्ये केहीले मन्त्रीबाट राजिनामा दिई दलमा आबद्ध भई उम्मेदवारी दिनुलाई नेपाली नागरिकले हलुका रूपमा लिन नहुने बताउनुभयो । ३६ वर्षदेखि दलित आधारमा नेपालीले भोगिरहेको तानाशाही प्रवृत्ति, स्वच्छचारिताबाट मुक्त हुन खोजिरहेका थिए यो निर्वाचनबाट सो सम्भव देखिदैन भन्नु हुँदैन संविधान संशोधन नै एक विकल्प हो भन्नुभयो ।

मुलुकलाई सही दिशा दिन २०४७ साल अगाडि भएका राम्रा कामलाई अनुशरण गर्दै जेन्जी प्रतिनिधि राजको प्रतिनिधि र दलका प्रतिनिधिसहितका गोलमेच सम्मेलनबाट अभिभावकीय भूमिकामा राजा राख्ने, संविधान संशोधन गर्ने, सांसदको सङ्ख्या घटाउने, प्रदेश खारेज गर्ने गरेको खण्डमा नेपाल र नेपालीको हित हुने दाबि दाहालले गर्नुभयो ।

तपाईको प्रतिक्रिया