विराटनगर । विराटनगर बजारमा पछिल्लो समय भारतीय कुखुरा ल्याएर विराटनगर बजारमा बिक्री वितरण गर्ने काम भइरहेको छ ।

खुला सिमानाको कारण विराटनगर मटेरुवा हुलास चोक र मुलनाकाबाट थोरैथोरै भारतीय कुखुराहरू भित्र्याउँदै विराटनगरमा बेच्ने काम तीव्र गतिमा भइरहेको छ ।

विराटनगर महानगरपालिका वडा नं. ९ स्थित गुद्री बजारमा सञ्चालित केही कुखुरा पसलहरूलाई जोगबनीको कुखुरा मोटरसाइकलमा तारको झोलामा हालेर ल्याएर दिने गरेको कुराले निकै चर्चा पाउन थालेको छ ।

प्रत्येक दिन बिहान ९ देखि ११ बजेको बीचमा भारतीय कुखुरा ल्याएर दिने गरेको बताइन्छ ।

शनिबारसम्म भारतमा भारतीय कुखुरा प्रतिकिलो जिउँदो १८०/- नेपाली मूल्यमा पाइन्छ । उक्त भारतीय कुखुरालाई विराटनगरमा २१०/- प्रतिकिलोमा दिने गरेको बताइन्छ ।

जबकि नेपालमा नेपाली जिउँदो कुखुरा २५०/- रुपैयाँ प्रतिकेजीमा दिने गरेको बताइन्छ र नेपालको पोल्ट्रीफर्म एवम् सप्लायर्सले २५०/- मा शनिबार दिएका छन् । भारतीय कुखुराको मासु २ घण्टा राखेमा मासुमा रिसाइलोपन आउने धेरै समयसम्म राखेका रङ्ग उड्ने गरेको कुखुरा पसलका एक सञ्चालकले बताएका छन् ।

भारतीय कुखुरा साढे दुई केजीदेखि ३ किलोसम्मको हुने गरेको बताइन्छ । जबकि नेपाली कुखुरा २ देखि सवा दुई किलोसम्मको हुने गरेको बताइन्छ ।

भारतीय कुखुरा निर्वाधरूपमा आएपछि भारतीय कुखुरा सीमाक्षेत्र रानी, मटेरूवा क्षेत्रबाट ल्याएर नेपालको भन्दै केही पोल्टीफार्मले कुखुरा जिउँदो बेच्ने गरेका छन् ।

यसको सुराकी पाएपछि मन्टापोखखरी रानी विराटनगर क्षेत्रबाट गाडीमा ल्याइरहेको अवस्थामा कुखुरा र सवारी साधनलाई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीले नियन्त्रणमा लिएको थियो ।

उक्त सवारी साधन प्रदेश १००२/००२ च ३६३७ रहेको छ । उक्त सवारी साधनमा ३०० गोटा जिउँदो कुखुरा रहेको थियो ।

उक्त सवारी साधनमा पाथिभरा पोल्ट्रीफर्म सलकपुर मोरङ रहेको थियो । कुखुरा नष्ट गरिएको र सवारी साधन नियमनकारी निकायमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीले जानकारी गराएको थियो ।

मोरङमा कुखुरा सप्लायर्स धेरै छन् । सप्लायर्सले पोल्टी फर्मबाट कुखुरा वा अण्डा ल्याएर बेच्ने गर्दछन् भन्ने मान्यता छ तर सस्तोमा ल्याएर महँगोमा बेच्नको लागि भारतीय कुखुरा ल्याउने गर्दछन् ।

शनिबार विराटनगरमा आँमबारी पोल्टी सप्लायर्सले जिउँदो कुखुरा प्रतिकेजी २५०/- मा बेचेको छ । यसलाई हेर्दा नेपालमा कुखुरा फर्मबाट कुखुराको उत्पादन र बिक्री कम देखिन्छ तर बजारमा आइरहेको छ ।

आँमबारी पोल्ट्री सप्लायर्स जस्तै धेरै छन् के सबैले नेपालको कुखुरा पोल्टीफर्मबाट किनेर बजारमा पुर्‍याउन सक्दैनन् ? तसर्थ यसतर्फ सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।

यहाँ भारतीय कुखुरा सस्तोमा खरिद गरी सङ्कलन गर्ने र महँगोमा पसलमा बेच्ने काम भइरहेको छ । मेहनत र खर्च बिना जिउँदो भारतीय कुखुरा १८०/- मा पाइन्छ, उक्त कुखुरा केरिङ मार्फत सङ्कलनकर्तासम्म आइपुग्दा २१०/- मा आइपुग्छ र उक्त २१०/- को कुखुरा २५०/- मा बेच्न सकोस् । तसर्थ पोल्टीफर्म, पोल्टी सप्लायर्सले कुन कुखुरा पसलमा दिन्छन् यसको खोजी गरिनु जरुरी छ ।

तपाईको प्रतिक्रिया