विराटनगर । विराटनगर महानगरपालिका वार्ड नं. १३ मा रहेको डिएभी बोर्डिङ स्कुलले आफ्नो ३१औँ वार्षिक उत्सव विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।

उक्त कार्यक्रमलाई संवोधन एवम् स्वागत गर्दै विद्यालयका प्राचार्य रमेशकुमार मिश्रले यो स्कुलले अहिले निकै फड्को मारेको छ । अहिलेसम्म ४००० विद्यार्थीहरूले उच्च शिक्षा हासिल गर्दै विभिन्न पदमा रही नेपालमै सेवा गरिरहेको बताउनुभयो ।

अहिले १२५० विद्यार्थी रहेका छन् । उनीहरूलाई नैतिक शिक्षा दिनेतर्फ विद्यालयले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

उक्त कार्यक्रममा प्याब्सनका विराटनगर महानगर अध्यक्ष अर्जुन श्रेष्ठले विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकले दिनमा १ घण्टा समय दिनुपर्ने कुरामाथि जोड दिँदै आफ्नो बच्चासँग घुलमिल हुन सुझाव दिनुभएको थियो ।

विद्यालयका अध्यक्ष सुरेशकुमार शर्माले राष्ट्रिय चरित्र भएको विद्यार्थी उत्पादन गर्दै उत्पादित विद्यार्थीलाई आफ्नो संस्कृति, सभ्यतालाई संस्थागत गर्ने खालको शिक्षा दिइरहेको कुरामाथि जोड दिनुभएको थियो । विद्यार्थीहरूले आफूले सिकेको सिप र कलासमेत प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया