विराटनगर । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयलाई न्यायीक निकायको रूपमा स्थापित गर्न नसक्दा न्यून गुणस्तरीय वस्तु उपभोक्ताले खाइरहेका छन् ।

खाद्य पदार्थमा मिसावट छ छैन भनेर हेर्ने निकाय धेरै छन् तर ती निकायले इमान्दारीपूर्वक नहेर्दा उद्योगीहरूको मनोबल उच्च हुँदै गएको छ ।

पूर्वमा रहेका उद्योगीमध्ये केहीले विस्कुट उद्योग जङ्गफुड्स उद्योगहरू सञ्चालन गरिरहेका छन् । तर उनीहरूले आफ्नो उद्योगबाट उत्पादित खाद्य तयारी वस्तु खाँदैनन् तसर्थ उनीहरूले बजारमा ल्याइरहेको तयारी वस्तु कतिको विश्वसनीय छ भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

बजार ल्याइएका भनिएका उद्योग र ठूला महल, होटलहरूले ग्राहकलाई आफ्नो लेवल लगाएर दिने सामानको उत्पादन उनीहरूले गर्दैनन् । अन्य उद्योगको समान ल्याएर प्याकिङ गर्दछन् र आफ्ने भनेर प्रचार गर्ने गरेका छन् । यसतर्फ कसैको ध्यान जान सकेको छैन ।

कतिपय नाम चलेका होटल, सिनेमा घरहरूले उपभोक्तालाई उपलब्ध गराएको पानी उनीहरूको उद्योगको होइन ।

बोतल र रेपर उनीहरूको हो । पानी कुन उद्योगको हो यसको खोजी नियमनकारी निकायले अहिलेसम्म गर्न सकेको छैन वा द्रव्य मोहमा परेर त्यसतर्फ ध्यान नदिएको हो कि यसतर्फ आम उपभोक्ता सतर्क हुनु जरुरी छ ।

बजारमा विभिन्न ब्राण्डका सोयाबिन तेल बजारमा आइरहेको छ । वास्तवमा भटमासबाट बनाइएको होइन । तेस्रो मुलुकबाट ल्याइएको रिफायन तेललाई भटमासको तेल भन्दै बजारमा ल्याइएको छ । जुन उद्योगले भटमासको तेल भनेर बजारमा ल्याएको छ उसले कति भटमास किनेको छ सो नियमनकारी निकायले खोजेमा वास्तविक कुरा बाहिर आउने देखिन्छ ।

पूर्वमा सञ्चालित केही तेल उद्योगहरूमध्ये जसले भटमासको तेल भनेर बजारमा ल्याएको छ । उसले भटमास १ किलो पनि किनेको पाइँदैन । तेल उद्योगका जानकारी बताउँछन् । यसतर्फ अब आम उपभोक्ता नै सतर्क हुनु जरुरी छ ।

तपाईको प्रतिक्रिया