
विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले खाद्य पदार्थ उत्पादन गर्ने उद्योगहरूलाई मुद्दा गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ ।
मटमासको तेल उत्पादन गर्ने, वनस्पति घ्यू उत्पादन गर्ने र गहुँको पिठो उत्पादन गर्ने उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दर्ता गरिएको छ ।
२०८२ भदौ ५ गते पिठो उत्पादन गर्ने उद्योग १, २०८२ मंसिर ११ गते मटमासको तेल उद्योग र वनस्पति घ्यू उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ । उक्त उद्योगहरूले उत्पादन गरेको वस्तु परीक्षण गर्दा न्यून गुणस्तरको रहेको फेला पारेपछि मुद्दा दर्ता गरेको हो ।
कार्यालयले फागुनमा मात्र खाद्य पदार्थ अनुगमनमा १० पटक नमुना सङ्कलन, ११ वटा नमुना विश्लेषण, १५४ वटा नमुना विश्लेषण, ११ वटा दाना विश्लेषण गरेको कार्यालयले बताएको छ ।
अनुमति पत्र जारी र नवीकरण १९, दाना उद्योग अनुमति पत्र ३, खाद्य पदार्थ उद्योग उत्पादन गर्ने उद्योग अनुगमन ४ वटा गरेको बताइन्छ ।
यस कार्यालयलाई न्यायीक निकायको रूपमा विस्तार नगर्दा गुणस्तरहीन वस्तु उपभोक्ताले खान बाध्य रहेका छन् ।







