
विराटनगर । सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण टंकीसिनवारी मोरङ मातहतको युनिटले फागुन महिनामा चोरी पैठारी गर्नेलाई निरुत्साहित पार्दै आएको छ ।
मोरङमा रहेको सशस्त्र प्रहरी बल नेपालको विभिन्न युनिटले फागुन महिनामा ४० लाख ९९ हजार ९९० मूल्य बराबरको सामान नियन्त्रणमा लिई भन्सार दाखिला गरेको छ ।
घरेलु मदिरासहित अन्य सामान ५ लाख ९७ हजार ६५० मूल्य बराबरको नष्ट गर्नुका साथै लागु औषध गाँजा २७६.९ केजी, नाइट्रोजेपाय १४ ट्याबलेट, ब्राउन सुगर ०.२५ मिलिग्राम समेत बरामद गरेको थियो ।
नेपाली नोट ७ लाख ६२ हजार ६१५ रुपैयाँ र १५ जना व्यक्ति समेत पक्राउ गर्न सफल भएको छ ।
यसरी सामान बरामद गर्ने, नष्ट गर्ने, रुपैयाँ सहित व्यक्ति पक्राउ गर्नेमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानी विराटनगर अगाडि रहेको छ ।
जसमा विराटनगर केन्द्रित रहेको सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा गर्दै अवैध कारोबार गर्नेलाई निरुत्साहित पार्दै आएको छ ।
फागुन २१ गते सम्पन्न भएको निर्वाचनलाई सुरक्षा दिँदै अबैध कारोबार गर्ने व्यक्ति समूहलाई निरुत्साहित पार्ने काम समेत गरेको छ ।
विराटनगर केन्द्रित रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे क्वा रानी विराटनगर, सशस्त्र प्रहरी बल नेपाल वीओपी दरैया र सशस्त्र प्रहरी बल नेपाल जहदा भुटाहाले तस्करी गर्ने कार्यलाई निरुत्साहित पारेको छ ।
फागुन महिनामा मात्र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे क्वा रानी विराटनगरले अवैध सामान बरामद, अवैध तरिकाले ल्याइएको नोटसहित मानिस पक्राउ, लागु औषधसहित मानिस नियन्त्रण गर्ने काम गरेको छ ।
फागुन महिनामा २२ लाख ९२ हजार मूल्य बराबरको अवैध तरिकाले ल्याइएको सामान बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय विराटनगरमा बुझाएको थियो ।
सोही महिनामा ४ लाख मूल्य बराबरको अवैध कुखुरा नष्ट, अवैध तरिकाले ल्याइएको ३ लाख ११५ रुपैयाँ नोटसहित नोट ल्याउने व्यक्तिलाई पक्राउ र लागु औषध सहित नियन्त्रणमा लिएको व्यक्तिलाई आवश्यक कारबाहीको लागि नियमनकारी निकायमा बुझाएको थियो । फागुन महिनामा सशस्त्र प्रहरी बल नेपाल वीओपी दरैया विराटनगरले २ लाख ५० हजार मूल्य बराबरको सामान र वीओपी जहदा भुटाहाले १ लाख ५० हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालय विराटनगरमा बुझाएको थियो ।








