विराटनगर । नेपाल-भारत सीमा क्षेत्रको निगरानी राख्दै आएको सशस्त्र प्रहरीले चोरी पैठारी कार्यलाई निरुत्साहित पार्दै आइरहेकोछ ।

सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गण टङ्कीसिनवारी मोरङ मातहतको युनिटले चैत महिनामा ४३ लाख ५ हजार ५३ रुपैया मूल्य बराबरको सामान भन्सार दाखिला गरेको छ ।

चैत महिनामा ३ लाख ४३ हजार ८ सय मूल्य बराबरको सामान नष्ट, २ ग्राम ४३ मिलीग्राम ब्राउन सुगर बरामद गरेको कुरा सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गण टङ्कीसिनवारी मोरङले बताएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानी विराटनगर, सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. दरैया विराटनगर, सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. जहदा, भुटाहा, बुधनगर चैत महिनामा चोरी पैठारी कार्यलाई निरुत्साहित गर्दै अबैध तरिकाले नेपाल ल्याइएको सामान र सामानसहित सवारी साधनसमेत नियन्त्रणमा लिई भन्सार कार्यालय विराटनगरमा बुझाएको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा रानी विराटनगरले १७ लाख ६ हजार ३२० रुपैया बराबरको चोरी पैठारी गरी ल्याइएको सामान भन्सार कार्यालय रानीमा बुझाएको छ ।

यसरी बुझाएको सामानमध्ये कपडा, पेय पदार्थ, कराना सामानलगायत रहेका छन् । चैत महिनामा १ लाख १८ हजार मूल्य बराबरको कुखुरा कष्ट गरेको छ भने ६७ हजार ३६३ रुपैया बराबरको औषधि दाखिला गरेको छ ।

यसरी नै सशस्त्र प्रहरी बल नेपाली बिओपी जहदा भुटाहाले १३ लाख २० हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालय रानीमा बुझाएको थियो । सवारी साधनसहित कपडा र अन्य सामान रहेको बताइन्छ ।

चैत महिनामा सशस्त्र प्रहरी बल नेपालले बिओपी दरैया विराटनगरले ४ लाख १३ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालय रानीमा बुझाएको छ ।

जसमा चौरी गाईको पुच्छर १ लाख ७० हजार बराबरको, १ लाख १५ हजार बराबरको कपडा, १ लाख ८ हजार बराबरको किराना सामान रहेको छ । सशस्त्र प्रहरीद्वारा चौरी गाईको पुच्छर भन्सार दाखिला गरेपछि चौरी गाईको पुच्छरको समेत तस्करी हुने गरेको कुरा बाहिर आएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाले चौरी गाईको पुच्छर बरामद गरेपछि उक्त सामान तस्करी गर्ने समूहले अर्को बाटो अवलम्बन गर्ने सम्भावना बढेको छ ।

तपाईको प्रतिक्रिया