नेपाल क्षयरोग निवारण संस्थाद्वारा सञ्चालित विराटनगरमा रहेको टिवी अस्पताललाई बजारभन्दा बाहिर राखेर सञ्चालनमा ल्याउँदा उपयुक्त हुने देखिन्छ ।

यो अस्पतालमा ९ जना जटिल टिवी रोगका बिरामीहरू उपचारार्थ भर्ना भएका छन् । जटिल रोगका बिरामीहरूका कारण चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि सर्न सक्ने सम्भावना बढेर गएको देखिन्छ । यस प्रकारको अस्पताल विराटनगरभन्दा बाहिर राखी यसको व्यवस्थापन गरेमा अन्य व्यक्तिलाई यो रोग सर्नबाट रोकिने थियो । यसतर्फ सरोकारवाला निकायको अहिलेसम्म ध्यान जान सकेको छैन ।

तपाईको प्रतिक्रिया