विराटनगर । सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण हेक्वा सुनसरीको मातहतमा रहेको सीमा सुरक्षा गुल्म बोडर आउट पोष्ट युनिटहरूले सीमा सुरक्षातर्फ बढी ध्यान दिँदै अवैध चोरीपैठारी नियन्त्रण गर्ने काम गर्दै आएको छ ।

जेठ महिनामा मात्र उक्त मातहतको युनिटहरूले चोरीपैठारी, निकासी गर्नेलाई निरुत्साहित पार्दै ४३ लाख ९७ हजार ११० मूल्य बराबरका सामान नियन्त्रणमा लिई भन्सार कार्यालय सुनसरीमा बुझाएको बताइन्छ ।

जेठ महिनामा ६ लाख ३७ हजार ६ सय मूल्य बराबरको सामान नष्ट गरेको सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण हेक्वा सुनसरीले बताएको छ ।

जेठ महिनामा ४९९.०४ के.जी. गाँजा, १०.९७ ग्राम ब्राउनसुगर, कोरेक्स १० बोतल, ट्रमोल ट्याब्लेट ३००, स्पास्मो प्रोक्सिभन ट्याब्लेट २३, नाईट्राजिपाम ट्याब्लेट ५० बरामद भएको छ । उक्त जेठ महिनामा ५ जना व्यक्ति र ५ मोटरसाइकल सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि नियमनकारी निकायमा बुझाएको थियो ।

तपाईको प्रतिक्रिया