विराटनगर । मोरङ जिल्लामा रहेको वनमध्ये ६ प्रकारका वनहरू रहेका छन् ।

मोरङ जिल्लामा सामुदायिक वन, साझेदारी वन, कबुलियत वन, धार्मिक वन, सरकारद्वारा व्यवस्थित वन र निजी वन रहेका छन् ।

यसरी रहेको वनको क्षेत्रफल ४४५४० हेक्टर रहेको डिभिजन वन कार्यालय मोरङले बताएको छ । यसमा सामुदायिक वनको सङ्ख्या १४३, साझेदारी वनको सङ्ख्या ४, कबुलियन वनको सङ्ख्या २, धार्मिक वनको सङ्ख्या १२ र निजी वनको सङ्ख्या ६१८ रहेको छ ।

सामुदायिक वनले २२७६२ हेक्टर जमिन ओगटेको छ भने उक्त वनतर्फ ६३९६१ घरधुरी रहेको छ, साझेदारी वनले ७२६२ हेक्टर जमिन ओगटेको छ भने १३४३७२ घरधुरी रहेका छन् । धार्मिक वनले ४६.९३ हेक्टर जमिन ओगटेको छ भने यसतर्फ ६४० घरधुरी रहेको छ ।

यसरी नै मोरङ जिल्लामा सरकारद्वारा व्यवस्थित वन १४३९० हेक्टर रहेको छ भने निजीवनको सङ्ख्या ६१८ रहेकोमा यसले ७६०७५ हेक्टर क्षेत्रफल ओगटेको छ ।

यिनै वनमा आउने जाने वन्यजन्तुको कारण आर्थिक वर्ष २०८२/०८३ मा पीडितको सङ्ख्या ४० पुगेको छ ।

१ वर्षमा वन्यजन्तुको कारण मानिसको मृत्युबाट पीडितको सङ्ख्या २, गम्भीर घाइतेको सङ्ख्या ४, घरगोठ नष्ट ३, भण्डार गरेको अन्न नष्ट सङ्ख्या ५ र अन्नबाली नष्ट २६ रहेको कुरा डिभिजन वन कार्यालय मोरङले बताएको छ ।

वन्यजन्तुबाट क्षति भएमा पीडितलाई राहत दिने भनेर २५ लाख रकम विनियोजन गरेकोमा ३१ जना पीडितले मात्र राहत पाएका छन् ।

उनीहरूले जम्मा राहत पावत २४ लाख ८८ हजार भुक्तानी भइसकेको छ भने रहत पाउन बाँकी पीडितको सङ्ख्या ९ रहेको छ । उनीहरूलाई राहतबाट ३ लाख ७३ हजार ४ सय ८४ रुपैयाँ ६५ पैसा रहेको छ ।

यसको भुक्तानीको लागि सम्बन्धित निकायमा पत्राचार गरिसकेको र राहत रकम आएमा आ.व. २०८३/०८४ मा दिइने भएको छ ।

राहतको हकमा मानिसको मृत्यु भएमा १० लाख, भण्डार गरेको अन्न नष्ट भएकोमा पीडितलाई १ लाख, गम्भीर घाइते भएका पीडितलाई २ लाख उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया