
विराटनगर । सशस्त्र प्रहरी बल नेपाल २ नं. गण हेक्वा झापाले आफू र आफू मातहतको युनिटलाई परिचालन गर्दै आएको छ ।
उक्त २ नं. गण र सो मातहतमा युनिटहरु सक्रियताले गर्दा चोरीपैठारी नियन्त्रण, लागु पदार्थ, ओसार पसार नियन्त्रण, अवैध उत्खनन् कार्य गर्नेलाई नियन्त्रणमा लिने, काठ बरामद, ओखेटोपहार बरामद लगायको काम १ वर्षमा गरेको छ ।
सशस्त्र प्रहरी नेपाल २ नम्बर गण हेक्वा झापा र सो मातहतको युनितले आर्थिक वर्ष २०८२/०८३ मा १३ करोड ९ लाख १८ हजार ४४१ मूल्य बराबरको चोरीपैठारी गरी ल्याएको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाएको थियो ।
सोही अवधिमा १७९० ग्राम गाजा, ८२३.३४९५ ग्राम ब्राउनसुगर, ४४ पत्ता ट्याबलेट पनि बरामद गरेको कुरा २ नं. गण हेक्वा झापाले बताएको छ । आ.व. २०८२/०८३ मा पुरुष १३५ जना, महिला १३ जना र सवारीसाधन ३२ वटा नियन्त्रणमा लिएको थियो ।
खोला, नदी उत्खनन् गरी सामान बोक्ने ८० वटा सवारीसाधनलाई नियन्त्रणमा लिई नियमनकारी निकायमा बुझाउँदा उक्त सवारी वापत २५ लाख ५० हजार जरिवाना गराएको बताइन्छ ।
सोही अवधिमा १५०७ क्यूफिट काठ ५१ थान फर्निचर बनाउने काठ र सवारीसाधन ८ वटा नियमनकारी निकायमा बुझाएकोमा सोबापत १ करोड ४२ लाख ११ हजार ८८ रुपैया बराबरको रहेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल २ नं. गण हेक्वाका स.प्र.उ. अम्बिका प्र. जोशीको नेतृत्वमा गएको टोलीले झापा वृद्ध शान्ति गा.पा. ३ चिलिमगढीमा छापा मार्दा ओखेटोपहार बरामद गरी उक्त ओखेटोपहारलाई डिभिजन वन कार्यालय झापामा बुझाएको थियो ।
यसलाई हेर्दा सशस्त्र प्रहरी बल नेपाल २ नं. गण हेक्वा झापाले उपलब्धिमूलक काम गरेको प्रस्ट हुन्छ आउँछ ।






