
विराटनगर । सशस्त्र प्रहरी बल नेपाल पछिल्लो समय सुनसरी र झापामा सीमा सुरक्षा गर्दा अपराध नियन्त्रण र अवैध कारोबार गर्ने समूह वा व्यक्तिलाई निरुत्साहित पार्दै आएको छ ।
सशस्त्र प्रहरी बल नेपाल २ नं. गण झापा, भद्रपुर र सो मातहतको युनिटले श्रावण महिनामा मात्र १ करोड ६८ लाखभन्दा बढी सामानहरु नियन्त्रणमा लिएको छ ।
श्रावण महिनामा मात्र ८० लाख ६४ हजार मूल्य बराबरको सामानहरु नियन्त्रणमा लिई भन्सार काार्यलयमा बुझाएको छ । यसरी बुझाएको समानमा कपडा, खाद्यान्न लगायत अन्य सामान रहेको छ । भने ५८ लाख ६० हजार मूल्य बराबरको सवारी साधनहरु नियन्त्रणमा लिई नियमनकारी निकायमा बुझाएको छ । १५ लाख ५० हजार मूल्य बराबरको कुखुरा, अण्डा नष्ट गरेको छ । साथै ५१४ क्यू.वी. काठ, १० लाख ४६ हजार ३३५ मूल्य बराबरको नियन्त्रणमा लिई नियमनकारी निकायमा बुझाएको थियो ।
श्रावण महिनामा मात्र १ लाख २४ हजार मूल्य बराबरको भैँसी ४ वटा, सुगुँर पाठा ६ वटा, गोरु २ वटा नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको थियो ।
यसरी ब्राउन सुगर र सिरफ सहित १२ जनालाई नदीजन्य वस्तु उत्खनन् प्रयोग भएको सवारी साधन १३ वटा पनि नियन्त्रणमा लिई नियमनकारी निकयमा बुझाएको बताइन्छ । यसलाई हेर्दा १ करोड ६८ लाख ६५ हजार ९७६ मूल्य बराबरको रहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल २ नं. गण झापाको नेतृत्व वर्गको सक्रियताको कारणले उक्त उपलब्धि हासिल भएको बताइन्छ ।
यसरी नै सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण हेक्वा सुनसरीले श्रावण महिनामा मात्र ५८ लाख १५ हजार ७०७ मूल्य बराबरको सामान बरामद गरी भन्सार कार्यालय सुनसरीमा बुझाएको छ ।

यसरी बुझाएको सामानमा सत्ता कपडा, किराना सामान, चाइनिज स्याउ, मोबाइल पार्टस्, रजनीगन्धा, औषधि लगायत रहेको छ । यसरी व्राउनसुगर ०.०४ ग्राम, गाँजा १० केजी सहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिई नियमनकारी निकायमा बुझाएको थियो ।
श्रावण महिनामा मात्र ठूलो मूल्य बराबरको माछा, अण्डा, ब्रोइलर कुखुरा पनि नष्ट गरेको थियो ।





