
विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याएको रानी अस्पतालले दिने सेवालाई विस्तार गर्दै आएको छ ।
उक्त अस्पतालले वर्थिङ सेन्टर पनि सञ्चालन गरेको, अस्पताल सञ्चालन गरेको अस्पताल सञ्चालन भएपछि ल्याव पनि अनिवार्य हुनेछ उक्त विषयको समेत विगतमा उद्घाटन गरिएको थियो ।
सोमबार पुनः विराटनगर महानगपालिकाका प्रमुख नागेश कोइरालाले ल्यावको पनि विशेष कार्यक्रमको आयोजना गरी उद्घाटन गर्नुभएको छ ।
तर ल्याव पहिला पनि सञ्चालनमा थियो । मेयर कोइरालाले जुन उद्घाटन गर्नुभयो उक्त उद्घाटन ल्याव विस्तारको हो । रानी अस्पतालका प्रमुख मानिकचन्द भगतले बताउनुभयो ।
उक्त अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि स्वास्थ्य बिमा अन्तर्गतको औषधि खरिद गरेपछि उक्त औषधि ६ महिना मात्र पुग्यो । त्यसपछि पुगेन । औषधि उपलब्ध गराउन नसकेको कुरा अस्पताल निकट सूत्रले बताएको छ ।
४० प्रकारको रोगको परीक्षण गर्ने जुन मेसिन रानी अस्पतालमा राखिएको छ उक्त मेसिन खरिद प्रक्रियाको विषयमा अख्तियारमा समेत उजुरी परेको थियो तर जे भए पनि महानगरपालिकाले उक्त मेसिनलाई प्रयोगमा ल्याई सेवा विस्तार गरेको छ ।
अब उक्त अस्पतालले थाइराइड, सुगर, कलेजो लगायत ४० प्रकारका रोगको ल्याव परीक्षण गर्ने गरी सेवा विस्तार गरेको छ ।
विगतमा सेवा विस्तार नगर्दा चिकित्सकको अभाव, दरबन्दी दक्ष जनशक्ति नहुँदा दिनुपर्ने सेवा दिन सकेको थिएन । सेवा विस्तार मात्रै उपलब्धि हुन सक्दैन । जनशक्ति पनि चाहिन्छ । स्वास्थ्य जानकारको भनाइ रहेको छ ।
आ.व. २०८२/०८३ मा रानी अस्पतालबाट वर्थिङ सेन्टरको उद्घाटन गरे पनि सञ्चालनमा आएको वर्थिङ सेन्टरमा २८ जना गर्भवती महिलाले गर्भ परीक्षण गराएकोमा १ जनाले मात्र प्रसुती गराएका थिए ।
ल्याव सञ्चालन, अस्पताल सञ्चालनसँगै भएको थियो । अहिले पनि उक्त अस्पतालको ल्याव कुन वर्गमा पर्दछ त्यसतर्फ प्रक्रिया अगाडि बढाएको छैन ।
जनशक्ति पूरा भएपछि ल्यावको वर्गीकरणतर्फ प्रक्रिया अगाडि आउने कुरा अस्पताल निकट सूत्रले बताएको छ ।
अस्पतालमा जनशक्ति कम छ, जनशक्ति बढाउनुपर्छ, औषधि समाप्त भएपछि औषधि खरिद प्रक्रियामा कठिनाइ छ, ल्यावलाई चाहिने केमिकल पनि पर्याप्त छैन । अहिले जे छ काम गर्ने हो, केमिकल सकिन लागेपछि ७ दिन अगाडि महानगरपालिकासँग माग्छौँ तर उक्त विषयमा महानगरपालिकालाई सोध्नुहोला अस्पतालका मनिकचन्द भगतले बताउनुभयो ।






