विराटनगर । सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण हेक्वा सुनसरी र सो मातहतका युनिटले भदौ महिनामा चोरीपैठारी गरी भारतबाट ल्याएको सामान नियन्त्रणमा लिई नष्ट गरको छ ।

उक्त महिनामा माछा, कुखुरा, अण्डा, मदिरा, पटका नष्ट गरेको हो ।

सोही महिनामा १६०१.९६ के.जी. गाँजा, ०.१५ मिलिग्राम ब्राउनसुगर, २४ ट्याबलेट स्पास्मोप्रोक्सिमन, १४ ट्याबलेट नाइटोजिपाम पनि नियन्त्रण लिई ओसार पसारमा प्रयोग भएका १ एम्बुलेन्स, ५ मोटरसाइकल पनि आवश्यक कारबाहीको लागि नियमनकारी निकाय प्रहरीमा बुझाएको छ ।

भदौ महिनामा सामान ओसारपसार कार्यमा प्रयोग गरिएका सवारीसाधन कार, मोटरसाइकल, सिटी सफारी लगायत लत्ता कपडा, पेयपदार्थ, रजनिगन्धा, मोबाइल पार्टस्, फोनको डाटा केवल पिन, आयुर्वेद औषधि, ए.सी., इलेक्ट्रोनिक्स सामान लगायतका अन्य सामान बरामद गरेको थियो ।

यसरी बरामद गरिएको समानहरु ७३ लाखभन्दा बढीको रहेको र आवश्यक कारबाहीको लागि कोशी ब्यारेज सेतुबन्ध भन्सार कार्यालय सुनसरीमा बुझाएको थियो ।

यसरी सशस्त्र प्रहरीद्वारा सामान नियन्त्रणमा लिए पनि सुनसरी देवानगञ्ज ५ मा रहेको नाकाबाट शनिबार दिउँसै तस्करी हुने गरेको छ ।

सशस्त्र प्रहरीबाट सामान नहेरीकन छोडिदिने गरेको छ । सामान बोक्नेमध्ये केहीले कपडा, केही किराना सामान, केहीले तरकारी रहेको बताएका छन् ।

सामान कसरी आइरहेको छ यो भिडियोमार्फत थाहा हुनेछ :–

तपाईको प्रतिक्रिया