
विराटनगर । कोशी प्रदेश सरकारको स्वामित्वमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ विराटनगरले बिरामीलाई विभिन्न प्रकारको रोगको उपचार गरिरहेको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र आफैँले औषधि गर्ने गरी आ.व. २०८३/०८४ मा १६ लाख बजेट विनियोजन गरेको छ ।
औषधि खरिद सिंहदरबार बैद्यखाना काठमाडौँबाट खरिद गर्ने गरी रकम विनियोजन गरेको हो ।
औषधि खरिद प्रक्रिया अगाडि बढिरहेको र ४–५ दिन भित्रमा औषधि आइपुग्ने कुरा कार्यालयका सूचना अधिकार रविन्द्रकुमार मेहताले बताउनुभयो ।
सङ्घीय सरकारले ७ लाख रकम विनियोजन गरेको छ । प्रदेश र सङ्घको गरी विनियोजन भएको रकमबाट औषधि खरिद हुनेछ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले विभिन्न सेवा दिइरहेको छ ।
कुन कुन सेवा सो भिडियोमार्फत सार्वजनिक गरिएको छ –







