सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भड्काउनेलाई कानूनी कारबाही गर्न महासंघको माग
विराटनगर । सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भड्काउनेलाई कानूनी कारबाही गर्न विश्व हिन्दु महासंघले माग गरेको छ ।
विश्व हिन्दु महासंघमा आवद्ध रहेका र महासंघप्रति सद्भाव राख्ने नेपालमा क्रियाशील विभिन्न धार्मिक संघसंस्थाहरुको सोमबार बसेको बैठकले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भड्काउने उद्देश्यले दिनहु झैं हिन्दु ॐ कार परिवारलाई चाेट पुर्याउने गरी गरिएका उच्छृङ्खल एवम् अराजक गतिविधिकाे भर्त्सन...