देवानगञ्ज प्रहरीको दादागिरी महिना वारी नदिँदा समान नियन्त्रणमा
देवानगञ्ज । इलाका प्रहरी कार्यालय देवानगञ्ज सुनसरीले महिना वारी रकम नदिएको भन्दै व्यापारीको गोदाम अगाडी लोड गरिएको गहु र गाडीलाई नियन्त्रणमा लिएको छ।
देवानगञ्ज २ स्थित माँ काली जिन्सी खरिद बिक्री केन्द्रबाट गहु र लोड गरिएको प्रदेश नम्बर १ -०४ -००१ त ७१५ नम्बरको गाडी नियन्त्रणमा लिएको हो।
उक्त केन्द्रका सञ्चालक भागवत मेहताका अनुसार सोमवार बिहान ९.४५ बजे इलाका प्रहरी कार्यालय देवानगञ्जको सुशील साह...







