विराटनगरलाई पौष २७ गते ‘पृथ्वीमय’ बनाउँदै
विराटनगर । पौष २७ गतेलाई गणतान्त्रिक सरकारले दिनुपर्ने जति महत्व नदिएको देखिन्छ। पौष २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रूपमा मनाउनुपर्ने माग रहँदै आए पनि सरकारले यस दिवसलाई औपचारिक रूपमा उपेक्षा गरेको आरोप लाग्दै आएको छ। यद्यपि, जनस्तरबाट भने आफ्नै पहलमा पौष २७ गतेलाई श्री ५ पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्ट...









