मोरङमा ‘स्वर्ण बिन्दु प्राशन’ खोप कार्यक्रम सञ्चालन हुने
विराटनगर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ, विराटनगरले ‘स्वर्ण बिन्दु प्राशन’ खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।
आयुर्वेद पद्धतिद्वारा तयार गरिएको यो विशेष औषधिय खोप एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई प्रत्येक महिनाको पुष्य नक्षत्रको दिन खुवाइनेछ।
स्वर्ण बिन्दु प्राशनले बालबालिकाको बुद्धि, स्मरणशक्ति,बाणी सुधार, पाचनशक्ति तथा शारीरिक बलमा वृद्धि गर्नका साथै रोग प्रतिरोधात्मक क्...








