सरोकारवाला मौन : सास्तीमा पर्यटक एवं यात्रु
विराटनगर। भारतको जोगवनी नाकाको बाटो हुँदै विराटनगर तर्फ आउने भारतीय पर्यटक एवं यात्रुहरुलाई सहजरुपमा विराटनगर तर्फ ल्याउने वातावरण बनाउन सरोकारवाला निकायहरुले खासै चासो देखाएको छैन ।
उक्त बाटो एउटा अन्तराष्ट्रिय वोडर हो उक्त बाटो बाट नेपाल तर्फ आउने र भारत तर्फ जाने यात्रुको संख्या दैनिक दुइ हजार भन्दा बढीको हाराहारीमा हुने गरेको छ। नेपालमा पर्यटक आएनन भनेर पर्यटन मन्त्रालय विराटनगर महानगर पालिका...








