‘जनतासगँ माओवादी’ बिशेष रुपान्तरण अभियानको तयारी पुरा
सर्लाही। नेकपा (माओवादी केन्द्र)ले देशैभरी एकसाथ सुरु गर्न लागेको ‘जनतासगँ माओेवादी’ बिशेष रुपान्तरण अभियानको तयारी सर्लाहीमा पनि पुरा भएको छ ।
शनिवार जिल्लाको २० पालिकाका दुई सयवटा वडामा एकैसाथ उद्घाटन हुनलागेको अभियानको सम्पुर्ण तयारी सम्पन्न गरिएको नेकपा (माओवादी केन्द्र) सर्लाहीले जनाएको हो । अभियानको लागि पार्टीले जिल्लाका २० पालिकालाई ७ कमाण्ड क्षेत्रमा विभाजन गरेको छ । भने, प्रतेक कमाण्ड क...








