मृत्युवरण गर्न लागेको बोटबिरुवाको संरक्षणतर्फ निःशुल्क अभियानको ध्यान
विराटनगर । सरकारी एवम् स्थानीय तहबाट वृक्षारोपणको काम निकै भएको छ । आर्थिक वर्ष २०८०/०८१ तिर सडक छेउमा सडकको बिचमा रहेको डिभाइडरमा वृक्षारोपण निकै भएको छ । जहाँ जहाँ वृक्षारोपण गरियो उक्त स्थानमा रोपिएको बोटबिरुवालाई चाहिने जलमलको उचित प्रवन्ध नहुँदा उक्त लगानीबाट कुनै खासै प्रतिफल प्राप्त हुन सकेको छैन ।
विराटनगर बजारमा जोगवनी-रानीतिर तत्कालीन आन्तरिक कानुनमन्त्री जो अहिले मुख्यमन्त्री हुनुहुन...









