विराटनगर । भारतको जोगबनी क्षेत्र लागु पदार्थ बिक्री वितरणको राम्रो बजार बनेको छ ।
उक्त क्षेत्रमा ब्राउन सुगरदेखि अन्य लागूपदार्थहरू सहजै रूपमा पाउने गरेको छ । यसबाट भारत सरकारलाई राम्रो आम्दानी हुने गरेको हुँदा यसलाई रोकथाम गर्नेतर्फ भारत सरकारले ध्यान दिएको छैन ।
उक्त स्थानमा गएर लागूपदार्थ सेवन गर्ने र ओसारपसार गरी नेपालतर्फ ल्याउने काम नेपालीले गर्दै आएका छन् ।
लागु पदार्थ सेवनकर्ताको सङ्ख्या नेपालमा निकै बढेको छ । जोगबनीमा गई लागूपदार्थ बोक्नेको सङ्ख्या निकै छ । उनीहरूले कोसी प्रदेशको हरेक स्थानमा लागूपदार्थ बोकेर पुर्याउने गरेका छन् । लागु पदार्थ बोक्नेमा पछिल्लो समय महिलालाई प्रयोग गर्ने गरिएको छ ।
नेपाल प्रहरीको लागूपदार्थ नियन्त्रण ब्युरोले आफ्नो मातहतका प्रहरीलाई खटाउने गरेका छन् । यसरी खटाउँदा महिला प्रहरीलाई खटाइँदैन, जोगबनीदेखि प्रवेश गर्ने कुल नाफाबाट लागु पदार्थ सेवाकर्तालाई समय समयमा नियन्त्रणमा लिने गरिन्छ तर महिलामाथि ध्यान दिएको पाइँदैन ।
मूल नाकाबाटै अन्य सामान भित्र राखेर लागु पदार्थ विराटनगर हुँदै अन्य स्थानमा पुर्याइन्छ ।
सीमामा खटिएका सुरक्षाकर्मीले बाहिरी झोला छाम्ने तर के तपाईँको लागु औषध बोक्नुभएको त छैन भनेर उहाँहरूले ल्याएको सामान राम्ररी हेर्ने गरेको पाइँदैन ।
कतिपय बोक्नेलाई आफूले बोकिदिएको झोलामा के छ सो पनि थाहा हुँदैन । यसरी आफूले बोकेको झोलामा थाहा नहुने को सामान जफत गरी नियन्त्रणमा लिनेतर्फ सुरक्षाकर्मीको ध्यान गएको पाइँदैन ।
इलाका प्रहरी कार्यालय रानीमा मात्र लागु औषध ओसार एवम् सो सम्बन्धी २ सय २५ वटा मुद्दा दर्ता भई आवश्यक कारबाही प्रक्रियामा
देखिएका आरोपितमध्ये केही कारागार समेत गइसकेका छन् ।
गाँजा भारततर्फ जान्छ, गाँजा औषधिको रूपमा प्रयोग हुन्छ तर भारतले जागा समाए जसरी लागु औषधलाई नियन्त्रण गर्नेतर्फ खासै कदम चालको पाइँदैन ।
मोरङ, सुनसरी, झापाका नेपालतर्फको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुख र भारतको सीमा क्षेत्रको सुरक्षा अधिकारीको बैठक बस्छ उक्त बैठकमा नेपालतर्फबाट आवाज उठाई त्यसलाई रोक्नेतर्फ पहल गर्न आग्रह गर्नु जरुरी छ । जोगबनीबाट अन्य सामानहरू कपडा, खाद्यान्न मूल नाकाबाट आइरहेको छ । नेपालतर्फ रहेको भन्सार यात्रु शाखाले केही सामानको राजस्व लिइरहेको छ ।
उक्त क्षेत्रमा बिहान तिरेको राजस्वको कागज देखाई ४/५ पटक सामान ल्याउने काम कायमै छ । केहीले २ दिन अगाडिको कागज देखाउने गरेको पाइन्छ ।
यसरी हुन त श्रावण महिनामा इलाका प्रहरी कार्यालय रानी, सशस्त्र प्रहरी बल नेपाल गुल्म रानी, सशस्त्र प्रहरी बल दरैया, विराटनगर, सशस्त्र प्रहरी बल खोक्सा, विराटनगरले भारतबाट लुकाई छिपाई भन्सार छली ल्याएको सामान र सवारी साधन नियन्त्रणमा लिई भन्सार कार्यालय विराटनगरमा बुझाएको थियो । यसरी सामान समाउने बित्तिकै केही स्थानमा केही सञ्चारकर्मी गएर व्यापारिक सामानलाई आफ्नो मानिसको घरको सामान भनेर छुटाउने समेत विगतमा गरेका थिए । अहिले पनि त्यसलाई निरन्तरता दिएको कुरा व्यापारीले स्वयम् बनाउने गरेका छन् ।
यसलाई हेर्दा सामान समाउने निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नवीन चुनौती आएको छ ।
यहाँ कपडा, मोटर पार्टसको मात्र कारोबार होइन लागु औषध, हुक्कामा प्रयोग गरिने विभिन्न प्रकारको प्लेवरहरूको समेत अवैध कारोबार भइरहेको छ । यसतर्फ सुरक्षा निकायले ध्यान दिनु जरुरी छ ।
पछिल्लो समय दुई जना व्यक्ति साँझ जोगबनीबाट सामान किनेर भन्सार छलेर ल्याउने गरेका छन् । ती व्यक्ति पहिले APF सँग कुरा गर्छन् तपाईँलाई ठुलो समस्या भन्दै यताउति देखाउँछन् पछि आफूले ठुलो परिणामको कपडा ल्याउँछन् सुरक्षाकर्मीलाई आफ्नो कार्ड देखाउँछन् । सुरक्षाकर्मीले छोडिदिन्छन् आखिर को हुन् ती ?