असोज ३ गतेलाई नेपालमा संघिय लोकतान्त्रिक व्यावस्था स्थापनार्थको लागी संविधान जारी भएको दिन २०७२ साल असोज ३ गते संविधान जारी भएको हुदाँ राज्यपक्षबाट यसलाई उत्सवको रुपमा मनाउदै आएको छ । यो संविधानले नेपाली जनतालाई अधिकार सम्पन्न बनाएको दावी गरेपनी संविधान आफुले बनाएको भनेर कराउदा पनी नथाक्नेहरु अहिले संविधान संंसोधन गर्नुपर्छ भनेर कराउन थालेका छन । आफुले बनाएको संविधान भन्नेहरुले कस्तो संविधान बनाएका हुन उनीहरुलाई नै थाहा छैन । यो संविधानकै आडमा कुनै दिन विश्व मानचित्रबाट नेपाल नै हराउन सक्छ र सिक्कीमको जनताको जस्तो अवस्था आउन सक्छ । यस तर्फ आम नेपालीले ध्यान दिनु जरुरी छ । २०८१ असोज ३ गते संविधान दिवश मनाउन को भन्दा वढी सामाजिक संञ्जालमा कालो दिन भनिरहेका छन ।

असोज ३ वास्तवमा नेपाली मुहार फेर्ने दिन हो वा कालो दिन हो यसको निर्णय आम नेपाली ले गर्ने वेला आएको छ । नेपालको संविधान २०७२ को भाग ८मा संघिय व्यावस्थाको धारा ९८ मा राखिएको सदस्यको स्थान रिक्त रहेको अवस्थामा सदनको कार्य सञ्चालन तर्फ संघिय सदनको कुनै सदस्यको स्थान रिक्त भएपनी सदनले आफनो कार्य सञ्चालन गर्न सक्ने छ । संधिय सदनको कुनै कारवाहीमा भाग लिन नपाउने कुनै व्याक्तिले भाग लिएको कुरा पछी पत्ता लाग्यो भने पनी भई सकेको कार्य अमान्य हुने छैन । भनिएको छ ।
यसै गरि धारा १०२ को अनाधिकार उपस्थिीति भएमा वा मतदान गरेमा सजाय तर्फ धारा ८८ बमोजिम सपथ नलिएको वा संघीय सदनको सदस्य नभएको कुनै व्याक्ति सदस्यको हैसियतले संघिय संसद को कुनै सदन वा त्यसको समितीको बैठकमा उपस्थिती भएमा वा मतदान गरमा निजलाई त्यस्तो बैठकको अध्यक्षता गर्ने व्याक्तिको आदेशले त्ययसी उपस्थिीति भएमा वा मतदान गरेको प्रत्येक पटकको ५ हजार रुपैया जरिवाना हुने छ । त्यस्तो जरिवाना सरकारवादी सरह असुल उपर गरिने छ भनिएको छ ।
भाग १४ प्रदेश व्यावस्थापिकाको धारा १९ र १९२ पनी संघिय संसद सगँ हुवहु मिल्छ । तसर्थ त्यस तर्फ अव आम नेपालीले ध्यान दिनुपर्ने वेला आएको छ । यस पटक कोशी प्रदेश सरकारले संविधान दिवश मनाउदा राजनितीक दल , तिनका कार्यकताको भन्दा वढी सहभागिता , कर्मचारी , विध्यार्थी र सुरक्षाकर्मीको रहेको थियो । आम जनतामा उत्साह थिएन तर असोज ३लाई कालो दिवस बनाउने वढी थिए । वहाँहरुले किन कालो दिवसको रुपमा लिनुभयो सो उहाँको विषय हो ।
यहाँ उल्लेखित धारा राम्ररी हेरेर भने संविधान सभामा प्रतिनिधित्व गर्नेहरु पनी पागल हुने छन । उक्त धारा आम नेपाली र पढौं र संविधान राम्रो भन्नेलाई पढाउनु जरुरी छ ।

तपाईको प्रतिक्रिया