विराटनगर । अनलाइनको आडमा व्यापक रूपमा सामान आउन थालेको छ ।

भारतबाट अनलाइन मार्फत सामान मगाउने र सामान मगाउने व्यक्तिले जोगवनी गई सामान ल्याउने गरेका छन् ।

यो प्रक्रियालाई सामान्य रूपमा हेरे पनि अनलाइनकै आडमा यहाँ महँगो सामानहरू जोगवनी नेपाल मूल नाकाबाट आइरहेको छ ।

सशस्त्र प्रहरी बल नेपाल रानी गुल्म विराटनगरबाट सीमा क्षेत्रमा खटेको सशस्त्रको टोलीले जोगवनीबाट आउने व्यक्तिलाई शङ्का लागि खानतलासी गर्दा असार तेस्रो सातातिर ८ थान आइफोन बरामद गरेको छ ।

यसरी आइफोन ल्याउने व्यक्तिले विराटनगर, इटहरी, बिर्तामोड लगायतका केही पसलमा पुर्‍याउने गरेका छन् ।

त्यहाँकै पसलले मगाउने र जोगवनीमा सामान लिन पठाउने गरेको बताइन्छ ।

यसरी बरामद गरेको आइफोनको जम्मा मूल्य ४ लाख बराबरको रहेको र उक्त आइफोन आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया