विराटनगर । पूर्वाधार विकास कार्यालय मोरङ विराटनगरले ऐन, नियम, कानुनले दिएको समयभित्र निर्माण विकासको काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

ठेक्का किन नतोड्ने भनेर पूर्वाधार विका कार्यालय मोरङले २०८३/०७/१३ गते पत्रिकामा सूचना प्रकाशित गरेर सो को जानकारी कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयलाई जानकारी गराइसकेपछि यसले मन्त्रालयभित्र निकै खैलाबैला मच्चिएको छ ।

विराटनगर वडा नं. ५, ६, ११, १२ हुँद जोगबनी बोर्डर जोड्ने सडकको जिम्मा लिएको देव एण्ड सायर बी यन यस आइ/जे.भी. धनुषा; पथरी जाते ज्यामिरे सडक, मोरङको जिम्मा लिएको श्रेष्ठ कन्स्ट्रक्सन प्रा.लि., हेटौडा; घिनाघाटदेखि (पुष्पलालचोक) विराटचोकसम्म सडक बनाउने जिम्मा लिएको श्रेष्ठ/रमण/एपेक्स जे.भी., काठमाडौँ; खदम खोला पुल (सडक पुल) मोरङ बनाउने जिम्मा लिएर देव एण्ड सायर/भूमि/हिमालयन जे.भी. मोरङ र मदाखोला पक्की पुल सुन्दरहरैँचा न.पा. २ मा मोरङ सडक पुलको जिम्मा दिएको देव एण्ड सायर/भूमि/हिमालयन जे.भी. मोरङको ठेक्का तोड्ने प्रक्रियामा अगाडि बढेको छ । ठेक्क तोड्नु नपर्ने कुनै कारण भएमा १५ दिन भित्रमा विश्वसनीय स्पष्टिकरण सहित जवाफ दिन सूचना जारी गरेकोमा विश्वसनीय आधार दिन नसकेको र कतिपय सम्पर्कमा आएका छैनन् ।

पूर्वाधार विकास कार्यालय मोरङले जारी गरिदिएको समयभित्र जवाफ नदिएको हुँदा ठेक्का तोड्ने विषयमा टिप्पणी उठाई भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशमा पठाउने भएको छ ।

पूर्वाधार विकास कार्यालय मोरङले ठेक्का रद्द गर्नुपर्ने गरी टिप्पणी उठाई मन्त्रालयमा पठाउने प्रक्रियामा कार्यालय रहेको बताइन्छ । पूर्वाधार विकास कार्यालय मोरङले पठाएको ठेक्का रद्द गर्ने टिप्पणीलाई मन्त्रालयले सदर गर्ने नगर्ने सो जिम्मा मन्त्रालयको रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया