चाइना मार्केट र हुलास चोक तस्करका लागि क्रीडास्थल
विराटनगर । अन्तर्राष्ट्रिय नाकाको रूपमा मानिँदै आएको विराटनगर-जोगबनी नाका एवम् सो क्षेत्रबाट सामान ओसारपसार गर्न कारोबारीको लागि सहज बनेको छ ।
यसरी सहज गर्ने काम सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र भन्सार कार्यालय विराटनगर कार्यालयका केही जिम्मेवार व्यक्तिबाट भइरहेको छ ।
यसलाई हेर्दा यो क्षेत्र क्रमशः कारोबारीको लागि क्रीडास्थल बन्दै गएको छ । यसरी सहज बन्ने काम जोगबनीका नाम चलेका व्यापारी, ...







