विराटनगरलाई पौष २७ गते ‘पृथ्वीमय’ बनाउँदै

विराटनगरलाई  पौष २७ गते ‘पृथ्वीमय’ बनाउँदै
विराटनगर । पौष २७ गतेलाई गणतान्त्रिक सरकारले दिनुपर्ने जति महत्व नदिएको देखिन्छ। पौष २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रूपमा मनाउनुपर्ने माग रहँदै आए पनि सरकारले यस दिवसलाई औपचारिक रूपमा उपेक्षा गरेको आरोप लाग्दै आएको छ। यद्यपि, जनस्तरबाट भने आफ्नै पहलमा पौष २७ गतेलाई श्री ५ पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ। राष्ट्रिय प्रजातन्त्र पार्ट...

सवारी दुर्घटना न्यूनीकरणका लागि सुरक्षित चालक अभियान सञ्चालन

सवारी दुर्घटना न्यूनीकरणका लागि सुरक्षित चालक अभियान सञ्चालन
विराटनगर । सवारी दुर्घटना न्यूनीकरणका लागि सुरक्षित चालक अभियान सञ्चालनमा आएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिकासँग सहकार्य गर्दै उक्त अभियान सञ्चालन गरेको हो। पौष १७ गतेदेखि सुरु गरिएको यस अभियानअन्तर्गत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भएका चालकलाई ‘सुरक्षित चालक’ अंकित ज्याकेट वितरण गरिँदै आएको छ। हाल विराटनगरमा मात्रै ७ हजारभन्दा बढी सिटी र टेम्पु सञ्चालनमा रहेक...

देवानगञ्जमा गुञ्जियो मैथिली लोकसंस्कृति, स्थानीय पत्रकार सम्मानित

देवानगञ्जमा गुञ्जियो मैथिली लोकसंस्कृति, स्थानीय पत्रकार सम्मानित
देवानगञ्ज । मैथिली भाषा र लोकसंस्कृतिको जगेर्नामा समर्पित एक विशेष अवसरका रूपमा सुनसरीको देवानगञ्ज गाउँपालिकामा लोककला प्रतिभा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। देवानगञ्ज गाउँपालिकाको सहयोग तथा अप्पन विराटगढ परोपकार समाजको आयोजनामा शनिबार दुर्गा मन्दिर परिसरमा आयोजित कार्यक्रममा मैथिली भाषा, कला र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरूलाई सम्मान गरिएको हो। कार्यक्र...

विराटनगरका सोलार सडकबत्ती बन्द, महानगरपालिकाको बेवास्ताप्रति नागरिकको गुनासो

विराटनगरका सोलार सडकबत्ती बन्द, महानगरपालिकाको बेवास्ताप्रति नागरिकको गुनासो
विराटनगर। विराटनगरका विभिन्न सडकमा जडान गरिएका सोलारबाट बल्ने सडकबत्ती लामो समयदेखि बन्द अवस्थामा छन्। सोलार बत्ती नबल्दा रातको समयमा सडक अन्धकारमय बनेको छ भने यसतर्फ विराटनगर महानगरपालिका ले पर्याप्त ध्यान नदिएको स्थानीयवासीको गुनासो छ। स्थानीयका अनुसार सोलार बत्ती नबल्नुका सम्भावित कारणमध्ये सोलार प्यानलमा धुलो जमेर ब्याट्री चार्ज हुन नसक्नु वा ब्याट्री नै काम नलाग्ने अवस्थामा पुग्नु हुन सक्छ...

विराट ट्रेड एक्स्पो–२०२५ विराटनगरमा

विराट ट्रेड एक्स्पो–२०२५ विराटनगरमा
विराटनगर। २००७ सालमा स्थापना भएको र मुलुकका आर्थिक तथा सामाजिक गतिविधिमा जानकार मानिने मोरङ उद्योग वाणिज्य सङ्घ आर्थिक सम्बद्ध कार्यक्रममार्फत प्रदेश र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन निरन्तर सक्रिय रहँदै आएको छ। यही क्रममा सङ्घले आगत पुष ९ गतेदेखि १९ गतेसम्म ‘विराट ट्रेड एक्स्पो–२०२५’ आयोजना गर्ने भएको छ। मोरङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनुपम राठीका अनुसार एक्स्पोले नेपालको समग्र आर्थिक...

विराटनगरमा विशेष कार्यक्रमसहित राजा महेन्द्र स्मरण दिवस मनाइने

विराटनगरमा विशेष कार्यक्रमसहित राजा महेन्द्र स्मरण दिवस मनाइने
विराटनगर। श्री ५ महेन्द्र चिर स्मरण समिति मोरङले स्वर्गीय राजा महेन्द्रको योगदानको स्मरण गर्दै स्मरण दिवस मनाउने भएको छ। समितिका अनुसार पुस १ गते विराटनगरस्थित महेन्द्रचोकमा मेनबत्ती बालेर राजा महेन्द्रप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम तय गरिएको छ। सो अवसरमा महेन्द्रको राजनीतिक तथा विकास–निर्माण क्षेत्रमा रहेको भूमिकाबारे पनि चर्चा–परिचर्चा हुने बताइएको छ। समितिसँग नजिक स्रोतका अनुसार...

मोरङमा भूकम्प–क्षतिग्रस्त भवनलाई पनि ‘उचित’ भन्दै सिफारिस

मोरङमा भूकम्प–क्षतिग्रस्त भवनलाई पनि ‘उचित’ भन्दै सिफारिस
विराटनगर : मोरङ जिल्लामा १५ बेडभन्दा माथिका निजी अस्पताल सञ्चालनका लागि सिफारिस दिने जिम्मेवारी रहेको स्वास्थ्य कार्यालय मोरङ पछिल्लो समय निरन्तर विवादमा पर्दै गएको छ। अस्पताल सञ्चालन अनुमति दिनुअघि आवश्यक पूर्वाधारको स्थलगत निरीक्षण नगरी कोठामै बसेर सिफारिस पत्र जारी गर्ने प्रचलन स्वास्थ्य कार्यालयमा बढ्दै गएको आरोप छ। विशेषगरी आर्थिक वर्ष २०८२/८३ मा केही अस्पताललाई सञ्चालन अनुमति दिन “ठीक छ” ...

गुल्मपति खतिवडाको कडाइले बजारमा कोलाहल, कारोबारी ‘सरुवा’ प्रतीक्षामा

गुल्मपति खतिवडाको कडाइले बजारमा कोलाहल, कारोबारी ‘सरुवा’ प्रतीक्षामा
विराटनगर। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले कडाइका साथ निगरानी बढाएपछि भन्सार छल्लीमा संलग्न समूह तथा केही स्थानीय कारोबारीहरू आफ्नो कारोबारको शैली परिवर्तन गर्न बाध्य भएका छन्। गुल्म रानीबाट खटिएको टोलीले असार १६ गतेसम्म विराटनगर भन्सार कार्यालय रानी–आइसिपीमा चोरी–पैठारीसम्बन्धी १७ वटा मुद्दा दर्ता गराएको छ। यी सबै मुद्दाअन्तर्गत बरामद गरिएका सामान र सवारी साधन भन्स...

स्वर्ण बिन्दु प्राशन खोप कार्यक्रम सम्पन्न, ३१७ बालबालिकाले पाए सेवा

स्वर्ण बिन्दु प्राशन खोप कार्यक्रम सम्पन्न, ३१७ बालबालिकाले पाए सेवा
विराटनगर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ, विराटनगरले स्वर्ण बिन्दु प्राशन खोप कार्यक्रम सम्पन्न गरेको छ। आयुर्वेद पद्धतिअनुसार पुष्प नक्षत्रको दिन पारेर एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाइएको केन्द्रले जनाएको छ। कार्यक्रमका क्रममा बालबालिकाको तौल, पखुराको मापन, टाउकोको कोलाई नाप्ने तथा अभिभावकसँग बालबालिकाको बोल्ने, प्रतिक्रिया दिने अवस्था सम्बन्धी जा...

रानी विराटनगरमा सशस्त्र प्रहरीले भन्सार छल्लीको सामान बरामद

रानी विराटनगरमा सशस्त्र प्रहरीले भन्सार छल्लीको सामान बरामद
विराटनगर । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म रानी विराटनगरले सवारी साधनहरूमा निगरानी कडा बनाएपछि भन्सार छल्ली गर्ने समूहमा त्रास फैलिएको छ। गुल्मबाट खटिएको टोलीले पछिल्ला सात दिनभित्र दुई फरक सवारी साधनबाट भन्सार छल्लीका सामान बरामद गरेको छ। पहिलो घटनामा स्कर्पियो गाडीमा मोटर पार्ट्स लुकाएर ल्याइँदै गर्दा प्रहरीले सामान बरामद गरेको थियो। त्यसको केही दिनपछि, भारतको जोगबनी...