
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य कार्यालय लगायत अन्य नियमनकारी निकायहरूले संयुक्त रूपमा बजार अनुगमनलाई तीव्र पारेका छन् ।
सरसर्ती हेर्दा चाडपर्व नजिक आएपछि बजार अनुगमन गरिएको हुन सक्ने आँकलन सबैले गर्न थालेका छन् ।
विराटनगरबाट असोजमै बजार अनुगमन गर्दा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चाइनिज नागरिक रहेको पसलहरूमा उक्त निकायहरूले बजार अनुगमन गर्दा चाइनिज नागरिकलाई पसलमा फेला पारेपछि नियन्त्रणमा लिई अध्यागमन विभाग काठमाडौँमा पठाउँदै आएको छ ।
चिनिया नागरिक रहेको उक्त पसलहरू मोरङमा ३ दर्जन बढी छन् । कारोबार कागजी रूपमा नेपालीले गर्ने गरेको र व्यवहारिक रूपमा चिनिया नागरिकले गर्ने गरेको छ ।
जहाँ जुन पसलभित्रबाट चिनिया नागरिकलाई नियन्त्रणमा लिइयो उक्त पसल नेपालको कानुन बमोजिम गलत यदि छ भने पसल सञ्चालन गर्न अनुमति दिने घरधनी पनि यसको भागीदार बन्नुपर्छ । पसल सञ्चालन गर्न अनुमति दिने निकायले के हेरेर पसल सञ्चालनको अनुमति दिएको थियो ? यसतर्फ पनि अनुसन्धान हुनु जरुरी देखिन्छ ।
चिनिया नागरिक विराटनगरमा कुन भिसाको आधारमा विराटनगरमा बसेका थिए ? उनीहरूको अवधि कति थिया ? यसतर्फ कसैको ध्यान जान सकेको छैन ।
यहाँ चिनिया नागरिक प्रकरणलाई मोरङको नियमनकारी निकायले ठूलो बनाएको छ । यहाँ लगत तरिकाले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा चिनिया नागरिक मात्र होइनन् बङ्गालका नागरिकले नेपालको ऐन नियमको धज्जी उडाउँदै व्यापार गरिरहेका छन् ।
विराटनगरमा मात्र ४ दर्जन बढी फूल, फूलको माला, चाडपर्व र उत्सवमा सिँगारपटार गर्ने फूलको सजावट गर्ने पसल सञ्चालनमा रहेका छन् ।
उक्त पसल हेर्दा सामान्य देखिन्छ तर कारोबार वर्षको १० लाखभन्दा बढी नै हुन्छ यसतर्फ नियमनकारी निकायको ध्यान जान सकेको छैन ।
नेपाल व्यापार, व्यवसाय गर्ने व्यक्तिले स्थानीय सरकारको निकाय, आन्तरिक राजस्व कार्यालय, विराटनगर लगायत अन्य निकायमा दर्ता हुनुपर्छ तर देखिदैन ।
उनीहरूले बिल दिँदैनन्, विभिन्न चाडपर्वमा उत्सवको बेलामा एक बुक्की फूल कम्तीमा ४०० मा बेच्छन्, एउटा गुलाबको फूल १०० मा बेच्छन्, राम्ररी डेकोरेसन गर्दा कम्तीमा २० हजारदेखि १ लाखसम्म लिन्छन् तर यसलाई नियमनकारी निकायले सामान्य रूपमा हेर्ने गरकेको छ ।
यसतर्फ नियमनकारी निकायको ध्यान जानु जरुरी छ ।
यहाँ हेर्दा सामान्य देखिन्छ त्यही ठूलो कारोबार हुने गर्दछ । यसलाई सामान्य रूपमा हेरिनु हुँदैन ।







