गणतन्त्रका नवराजाद्वारा निर्वाचन आयोगलाई नै चुनौती
विराटनगर । नेपालमा गणतन्त्र आएपछि उदय भएका नवराजाहरूलाई ऐन, नियम, कानुन आचार संहिताले नियन्त्रण गर्न सकेको छैन ।
निर्वाचनको मिति नजिक आएपछि निर्वाचन आयोगले आचार–संहिता बनाई काम कार्वाही अगाडि बढाइरहेको भए पनि कोशी प्रदेशका नवराजाहरूलाई निर्वाचन आचारसंहिता विपरीत काम गर्दा पनि निर्वाचन आयोगको ध्यान जान सकेको छैन ।
निर्वाचन आचार संहिता लागु भएपछि कर्मचारी सरुवा गर्दा निर्वाचन आयोगको पूर्व...







